कमाईको १० प्रतिशत सम्पति सन्तानले आमा बुवालाई अनिवार्य दिनुपर्ने

- काठमाडौं, १६ फागुन ।
आफ्ना सन्तानलाई बाबु आमाप्रतिको कर्तव्य वोध गराउन मन्त्रालयले आफ्नो कमाइको १० प्रतिशत आमा बुवाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागेको मन्त्री खड्काले जानकारी दिए । ‘त्यसो हुन सक्यो भने बृद्धावस्थामा आमाबुवा तिरस्कार हुनुपर्ने अवस्था आउने छैन,’ उनले भने ।
‘आफू नमरेसम्म सन्तानलाई पूरा सम्पत्ति दिन नपाउने’
यसैगरी जेष्ठ नागरिकले आफू जिवितै रहेको अवस्थामा आफ्नो सम्पूर्ण सम्पत्ति सन्तानलाई दिन नपाउने व्यवस्था गर्न लागिएको छ ।
आबाबुवाले आफ्नो सम्पत्ति ७५ प्रतिशत मात्र आफ्ना सन्तानलाई दिन पाउने व्यवस्था गर्न लागिएको मन्त्री खड्काले जानकारी दिए । बाँकी २५ प्रतिशत भने आफ्नो सेखपछि मात्र सन्तानलाई दिन पाउने कानुनी व्यवस्था गर्न लागिएको हो ।
प्रतिकृया दिनुहोस्
Loading...