राप्रपा महाधिवेशन: क–कसले जिते ? केन्द्रीय सदस्यमा



काठमाडौँ, ११ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही, चर्चित नायिका रेखा थापा र प्रतिभा राणा निर्वाचित भएका छन् ।

त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ, हेमजङ गुरुङ, गोविन्दराज खनिया र राजाराम गर्तौलालगायत निर्वाचित भएको जनाइएको छ ।

राष्ट्रिय सभागृह तथा भृकुटीमण्डप उद्यान क्षेत्र आसपासमा भएको फोहोरलाई आज दिउँसो सफा गरिने पार्टी नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

यही फागुन ६ गतेदेखि सुरु भएको अधिवेशनलाई आज औपचारिक कार्यक्रम गरी समापन गरिने बताइएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...