आर आर क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच झडप, अबस्था तनावग्रस्त

- काठमाडौं, १४ फागुन ।
एमाले निकट अनेरास्ववियुका नेता एवं हालका स्ववियु सभापति राजकुमार राईले नेविसंघका कार्यकर्तालाई क्याम्पसहाताभित्र कुटपिट गरेपछि नेविसंघ–अनेरास्ववियुबीच झडप भएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा अध्ययनरत सुनील शर्मा नाम गरेका नेविसंघका कार्यकर्तालाई अनेरास्ववियुका नेता राजकुमार राईले शनिबार कुटपिट गरेपछि बिबादले उग्ररुप लिएको हो ।
नेविसंघका कार्यकर्ता कुटिएपछि नेविसंघका कार्यकर्ताले अनेरास्ववियुमाथि आक्रमण थालेका थिए । त्यसपछि दुबै पक्षबीच केहीबेर ढुङ्गा हानाहान भएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...