दुर्गा तिवारीका हत्यारा २ महिनापछि सार्वजनिक, १२ जना संलग्न रहेको पुष्टी


  • भैरहवा, १५ फागुन । 
युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न १२ जनाको नाम प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

पुस ४ गते देवदहमा गोली हानी हत्या गरिएका तिवारीका हत्यारालाई रुपन्देही प्रहरीले दुई महिनापछि पहिचान गरेको हो । उनको हत्या मनोज पुन भन्ने मनोज बुढामगरको मुख्य योजनामा गरिएको प्रहरी निष्कर्ष छ ।

रुपन्देही प्रहरीद्धारा आइतबार सार्वजनिक प्रेस विज्ञप्तिमा घटनामा संलग्न १२ को नाम किटान छ । विकास भन्ने सोमबहादुर आले र श्याम गुरुङ हत्या योजनाकार रहेको प्रहरीले जनाएको छ ।

तिवारीलाई मोटरसाइकल चलाएर देवदह नगरपालिकातर्फ गइरहेको बेला गोली फायर गर्ने व्यक्ति राजु रहेको प्रहरीले जनाएको छ । 

मुख्य योजनाकार, योजनाकार र सुटर सबै फरार छन् । अन्य ८ पक्राउलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

बाबु भन्ने तुलबहादुर सिंजाली, बसन्तबहादुर चपागाईं, बुद्धिसागर यादव, राजेश यादव, प्रयास भन्ने खेमानन्द भट्टराई, सागर थापा, अंगद थारु तथा ऋषिकुमार कुमाल तिवारीको हत्यामा संलग्न रहेको प्रहरीले उल्लेख गरेको छ ।

मनोजले दुर्गा तिवारीको हत्या गर्नुको मुख्य कारण व्यक्तिगत प्रतिशोध साध्ने र क्रुर अपराधिक व्यक्ति/समूहको पहिचानमार्फत उद्योगी, व्यापारी तथा आफूसँग रिसिइबी भएका व्यक्तिसँग मोटो रकम असुल्ने नियत रहेको देखिएको प्रहरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।












, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...