स्वाइनफ्लु भेटियो काठमाडौँमा, चिकित्सकले दिए सतर्क रहन सुझाब

काठमाडौँमा स्वाइनफ्लु भेटिएको छ। पोखरामा वर्ड फ्लु भेटिएको एक दिनपछि काठमाडौँमा स्वाइनफ्लु भेटिएको हो ।
काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पालतमा उपचारको लागि आाएकी एक बिरामीमा स्वाइनफ्लुको भाइरस भेटिएको हो ।
मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका व्यक्ति, डाइलासिस गरिएका विरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा रोग छिटो सर्ने भएका कारण सावधानी अपनाउन डा. शेरबहादुर पुनले आग्रह आग्रह गरेका छन् ।
लगातार दश दिनसम्म कडा ज्वरो आए, खोकी लागिरहे, घाँटी खसखसाए र कामछुुटे स्वाइनफ्लु हुन सक्ने भन्दै डा. पुनले स्वास्थ्य संस्थामा पुग्न आग्रह समेत गरेका छन् । उनले सार्वजनिक ठाउँमा जाँदा मास्क प्रयोग गर्न पनि आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...