यी हुन् २५ वर्षीय खतरानाक महिला, जसले ९० डलरमा किम जोङ नामको हत्या गरिन

उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको हत्या गर्ने महिलाले अाफूलाई ९० डलर दिएको बताएकी छन् ।
हत्या अभियोगमा पक्राउ परेकी इन्डोनेसियाली महिला सिती आइस्याहले अाफ्नो अनुहारमा ‘मजाक’कारुपमा तेलजस्तो पदार्थ दल्न ९० अमेरिकी डलर दिइएको बताएकी हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्डोनेसियाली दूतावासका अधिकारीले हिसासतमा रहेकी २५ वर्षीया आइस्यालाई शनिबार क्वालालम्पुरमा भेटेका थिए ।
भेटको क्रममा ती महिलाले आफूलाई कसैले ‘रियालिटी जोक सो’का लागि भनेर किम जोङ नामको अनुहारमा बच्चालाई लगाउने तेल दल्नका लागि रकम दिइएको जिकिर गरेकी छन् ।
नामको शवको पोस्टमोर्टमबाट भने अनुहारमा ‘भी एक्स नर्भ एजेन्ट’ नामक रासायनिक पदार्थ प्रयोगबाट मृत्यु भएको पुष्टि भएको थियो । संयुक्त राष्ट्रसंघले उक्त रासायनिकलाई आमविनाशकारी हतियारको सूचीमा राखेको छ । शरीरमा एक थोपामात्र पर्यो भने पनि मानिसको केही मिनेटमै मृत्यु हुने चिकित्सकले बताएका छन् ।
गत हप्ता मलेसियाको राजधानी क्वालालम्पुर एअरपोर्टमा दुई महिलाले नामको अनुहारमा उक्त रासायनिक पदार्थ छर्किएपछि बेहोस भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
घटनामा संलग्न कम्तीमा सातजना संदिग्धको मलेसियाली प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...