सबैभन्दा खतरनाक ब्याक्टेरियाको सूचि तयार

- एजेन्सी, १७ फागुन ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले औषधिको प्रभाव नपरेका ब्याक्टेरियाको सूचि तयार गरेको छ ।
औषधिको असर नपरेका ब्याक्टेरिया मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतरा मानिएको छ । यो सूचिको शीर्ष स्थानमा इ. कोली जस्ता ग्राम–नेगेटिभ बग रहेका छन् ।
यस्ता ब्याक्टेरियाका कारण अस्पतालमा भर्ना गरिएका बिरामीको रगतमा गम्भीर खालको संक्रमण तथा निमोनियाको खतरा बढी हुन्छ । मानव स्वास्थ्यका लागि हानिकारक मानिएका ब्याक्टेरियाको सूचिका बारेमा जर्मनीमा हुने जी–ट्वेन्टी सम्मलनमा छलफल हुनेछ ।
उपचारमा कठिनाइ भएका रोग तथा ब्याक्टेरियाको संक्रमण कम गर्नका लागि नयाँ एन्टिबायोटिक खोज्नका लागि सरकारी अधिकारीको ध्यान खिच्नु छलफलको मुख्य उद्देश्य रहनेछ ।
अहिले देखिएका केही संक्रमणको उपचार उपलब्ध एन्टिबायोटिकबाट सम्भाव नरहेको भन्दै विशेषज्ञले चेतावनी दिने गरेका छन् । यस्तो अवस्थामा सामान्य संक्रमण पनि निकै खतरनाक बन्न सक्ने उनीहरुको भनाई छ ।
एन्टिबायोटिकको प्रतिरोधात्मक क्षमता चेतावनीको स्तरमा पुगेको र अहिले त्यसको केही उपाय पनि नभेटिएको डब्लुएचओकी डा. म्यारी पल किनीले बताए ।
उपचारका विकल्पहरु तीब्र गतिमा कम हुँदै गएको उनको भनाई छ । तत्काल नयाँ र ब्याक्टेरियासँग लड्न सक्ने खालको औषधि बनाउन नसकिएमा समस्या निकै जटिल हुने भन्दै उनले नयाँ र प्रभावकारी औषधिको उत्पादनमा जोड दिएका छन् ।
डब्लुएचओले सूचिमा उच्च जोखिम, उच्च प्राथमिकता र मध्यम प्राथमिकता गरी ब्याक्टेरियालाई सूचिकृत गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...