सुरक्षा हाताभित्रै आत्मघाती हमला, राष्ट्रपतिका सहयोगी जनरलसहित ४० को मृत्यु

काठमाडौं १५ फागुन।
सिरियाको होम्स शहरस्थित दुईवटा सुरक्षा हाताभित्र गराइएका आत्मघाती बम हमलामा मृत्यु हुनेको संख्या बढिरहेको छ ।
शनिबार भएको उक्त हमलामा सेनाको गुप्तचर निकायका स्थानीय प्रमुखसहित ४० भन्दा बढी रहेको बीबीसीले जनाएको छ । उक्त घटनाको जिम्मा ताहरिर अल-शामले लिएको छ ।
सन् २०१५ को डिसेम्बरमा युद्धविराम सम्झौताअन्तर्गत लडाकुहरुले छोडेयता होम्स शहरका बाँकी क्षेत्रमाथि सिरियाली सरकारको नियन्त्रण छ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आक्रमणकारीहरुले शहरस्थित सैन्य सुरक्षा मुख्यालय तथा राष्ट्रिय सुरक्षाको एउटा शाखालाई निशाना बनाएका थिए।
कडा सुरक्षा व्यवस्था रहने गरेको गौसा र माहाट्टा जिल्लाहरुमा हमला भएका हुन्। सरकारी टेलिभिजनका अनुसार प्रान्तीय सैन्य गुप्तचर प्रमुख जनरल हस्सन दाबुल पनि आक्रमणमा मारिएका छन्। उनी राष्ट्रपति बशर अल-असादका एकजना नजिकका सहयोगी थिए।
प्रतिकृया दिनुहोस्
Loading...