ओलीको गृहनगरमा माओवादीले मेयर र उपमेयरको उमेद्वार

- झापा, २० फागुन ।
नेकपा माओवादी केन्द्रले झापाको दमक नगरपालिकाका लागि मेयर र उपमेयरको उम्मेदवार घोषणा गरेको छ । चुनाव घोषणा पछि देशमा उम्मेद्वार घोषणा गरिएको यो पहिलो हो । दमक एमाले अध्यक्ष केपी ओलीको गृहनगर हो ।
माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्य रेवतीराज (गगन) पुरीलाई मेयर र शान्ति धिमाललाई उपमेयरको उम्मेद्वार घोषणा गरेको छ । शुक्रबार एक कार्यक्रमवीच उम्मेद्वारी घोषणा गरिएको हो ।
वडा अध्यक्ष र सदस्यहरुको नामावली भने पछि सार्वजनिक गर्ने माओवादी केन्द्र झापाले जनाएको छ ।
उमेदवार पुरीले सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनको माहौल बनाउन आफ्नो उमेदवारी घोषणा भएको बताएका छन् ।
पार्टीको जिल्ला कमिटी र नगरक्षेत्र कमिटीको सर्वसम्मत प्रस्तावमा आफ्नो उम्मेदवारी सार्वजनिक गरिएको पुरीले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...
