आरआर क्याम्पसमा तनाव, विद्यार्थीहरुबीच पटक पटक झडप

  • काठमाडौं,२१ फागुन ।
स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनावको विषयमा काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा तनाव भएको छ । फागुन १८ गते चुनाव नभएपछि क्याम्पस प्रशासनले २३ गतेका लागि चुनावको मिति तोकेको छ ।

तर एमाले निकट अनेरास्ववियुको एकल दबाबमा चुनावको मिति तोकिएको भन्दै अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, नयाँ शक्ति निकटको विद्यार्थी युनियन लगायतले मिति फिर्ता लिन माग गरेका छन् । तर अनेरास्ववियुले २३ गते नै चुनाव हुनुपर्ने माग राख्दा शनिबार दिउँसो पटक पटक झडप भएको छ ।

अहिले प्रदर्शनीमार्गमा ठूलो संख्यामा प्रहरी खटाइएको छ भने क्याम्पसमा प्रहरीले प्रवेश निशेष गरेको छ । ‘एकलौटी घोषणा भएको चुनाव रोक्नुपर्छ भन्ने हाम्रो माग सुनुवाई नभएसम्म हामीले चुनाव हुन दिन्नौं, त्यसैले तनाव भएको छ’ अखिल क्रान्तिकारीका उपाध्यक्ष मिलन एमसीले भने । अहिले सबैजसो विद्यार्थी संगठनका प्रमुखहरु रत्नराज्यलक्ष्मी क्याम्पस पुगेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...