काठमाडौंको नयाँ बजारमा प्रहरीले गोली चलायो, अपहरणकारी एकजना घाइते

  • काठमाडौं,२१ फागुन  ।
काठमाडौंको नयाँ बजारमा अपरहणकारीलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ । 

तीन दिनदेखि अपहरणमा परेका तीन जनालाई उद्धार गर्ने क्रममा प्रहरी अपराध महाशाखाको टोलीले अपहरणकारीलाई नियन्त्रणमा लिन गोलीPएकजना चलाएको हो ।

गोली लागेर अपहरणकारी नुवाकोटका दुर्गा तामाङ घाइते भएका छन् । घुँडामुनि गोली लागेका उनको वीरअस्पतालमा उपचार भइरहेको छ । अपहरणमा संलग्न नुवाकोटका सचिन खवास र नवलपरासीका वीरबहादुर तामाङ पनि पक्राउ परेका महाशाखाका प्रवक्ता प्रकाशजंग कार्कीले जानकारी दिए ।

यस्तै, तीन दिनदेखि अपहरणमा परेका नुवाकोटका कुमार तामाङ, मन दोर्जे र विशाल तामाङलाई पनि प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरणकारीले उनीहरुलाई अपहरण गरेर ६ लाखदेखि साढे ६ लाखका दरले फिरौती रकम माग गरेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...