स्थानीय चुनाव खारेजीका लागि क्रान्तिकारीले लियो यस्तो रणनीति
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjpV6z_mFWoz8Mxmbj_Wn5mhyphenhyphenho59pJm0H2fhCmBmULgW0X9wjTdkgXYufhSlqTLMdhahKLySNKcaIXI87gcE71xiM2fFru9qIeSPLTpvZhOxhMnLOReSNeeUKTtr5y5k7B4rfqSJvoKTA/s1600/krantikari-meeting.jpg)
- काठमाडौँ, १४ चैत्र।
अखिल (क्रान्तिकारी)ले सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव खारेजीको लागि देशभर संगठन परिचालित गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको आइतबार सम्पन्न केन्द्रीय समितिको सातौँ पूर्ण बैठकले सो निर्णय गरेको हो ।
बैठकले स्थानीय चुनाव देश र जनताको हितमा नभएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध देशभर संगठन परिचालन गर्ने निर्णय गरेको क्रान्तिकारीकी सिटिइभिटी संयाेजक सुनिता बमले इमान्दार मिडियालार्इ जानकारी दिइन।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको उपस्थितिमा सम्पन्न बैठकले चुनावलाई असफल बनाउनका लागि देशभर परिचालन हुन संगठन र सबै कमिटिलाई निर्देशन दिइसकेको छ ।
क्रान्तिकारीले ३ महिने एकिकृत विद्यार्थी प्रतिरोध अभियान पनि चलाउने निर्णय गरेकाे नेतृ बमले बताइन ।
प्रतिकृया दिनुहोस्
Loading...