एसिसी इमर्जिङ कप : पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित


काठमाडाैं, १४ चैत ।

एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानको २३ वर्षमुनिको टिमलाई १ सय ८१ रनको लक्ष्य दिएको थियो ।

पाकिस्तानले ४५ ओभर १ बलमा ४ विकेट जाँदा लक्ष्य पूरा गरेको हो । पाकिस्तानका लागि इमाम उलहकले सतक बनाए । १ सय ३५ बलका खेलेका उनले ९ चौकाको मद्धतमा अभिजित १ सय ४ रन बनाए । नेपालका ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले दुई दुई विकेट लिए । 

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो । नेपालका लागि सुनिल धमलाले १ सय २५ बलमा ४३, शरद भेषवाकरले ५९ बलमा ३८, विनोद भण्डारीले ३२ रनमा २४ तथा आरिफ शेखले ३० बलमा नटआउट १८ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले २९ बलमा १४, सागर पुनले चार बलमा चार, सुसन भारीले पाँच बलमा तीन तथा कप्तान ज्ञानेन्द्र मल्लले १८ बलमा दुई रन बनाएका थिए । पाकिस्तानका गुलाम मुदास्सारले पाँच, ओसामा मिरले दुई तथा बिलाल आसिफ र जाफर गोहरले एक एक विकेट लिए । 

खेल तालिकानुसार नेपाल समूह ‘बी’ मा छ । समूह ‘बी’मा आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् । दोस्रो खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्नेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...