यो देशको खातिर हामी एक पटक लड्न तयार हुनुपर्छ !

लेखकः आस्था ।
कम्युनिस्ट पार्टी नेताहरुको पार्टी मात्र होइन, आम युवा विद्यार्थीहरु को पनि पार्टी हो र अखिल (क्रान्तिकारी) नेपाल कम्युनिस्ट पार्टीको साहायक र मिलिटेन्ट संगठन मात्र नभइ एक उत्तराधिकारी संगठनको नाताले पनि आफ्नो राजनैतिक उधेश्यका लागी कार्यनितिक श्रृङखलाहरु तयार गर्दै दृढताका साथ अघि बढिरहेको छ । 

यो देश बुढा,बुढी,बालक,युवा सबैको हो तर विशेष त यो देश युवाहरुको हो । किनभने युवाहरुले नै हो देशको नेतृत्व गर्ने भनेको र देशमा परिवर्तन गर्ने र कसरी यो देश बदल्ने । कम्युनिस्ट आन्दोलनमा एक पटक पछाडी हेर्ने हो भने हिजो चे ग्वेभारा लगायतका युवाले क्रान्ति गरेका थिए भने हामी नेपाली युवाहरु किन परिवर्तनको खातिर अगाडि बढ्दैनौ ? 

यदि हामीले चाह्यौ भने  क्रान्ति सफल पार्न सक्छौं किनभने "चे" जस्तो युवा नेता तपाई हामी माझमा छ । हामी एक पटक लड्न तयार हुनु पर्छ यो देशको खातिर । यो देशको स्वाभिमानको खातिर किनकी अबको राष्ट्र परिवर्तन गर्ने भनेको युवा विद्यार्थीहरुले गर्ने हो ।

नयाँ प्राविधिक तरिकाबाट कसरि अगाडि बढ्न र बढाउन सकिन्छ ? त्यो विद्यार्थी र आम युवाहरुले जाने,  बुझेका हुन्छन् त्यसकारण अब देशको नेतृत्व युवा विद्यार्थीलाइ दिइनुपर्छ भन्ने हाम्रो कुरा छ । यो देशको परिवर्तनको निम्ति एक पटक युवाहरु जुझारुका साथ उठ्न जरुरि छ र आम युवा विद्यार्थीले राजनीति गरेर एक पटक देश र नेपाली नागरिकको बारे बुझ्न जरुरी छ । 

नेपाली युवाहरु खाडीमा र विद्यार्थीहरु स्टुडेन्ट भिजामा विदेशीएका छन । देशको शासन बुढा खाडा र अरु देशकानेताले गरेको देखिन्छ । जसरी आफ्नो घरको शासन युवाहरु आफैले गर्छन् त्यसरी आफ्नो देशको शासन आफैले गर्नु पर्छ भन्ने सोच्न राख्न जरुरी छ ।

हामी कम्युनिस्टहरु देशले दुख पाएर सहयोग गर्नु भन्दा पनि देशले किन दुख पाइरहेको छ भन्ने विषय बुझ्न जरुरी छ । आज देश उल्टो बाटो तर्फ डोहोरिरहेको छ, यसलाइ कसरी सुल्टोबाटाेतर्फ फर्काउने यो कुरा अबको युवा विद्यार्थीले विश्लेषण गर्नु पर्छ । 

युवा विद्यार्थीहरु आज देश विकास भएन भनेर नेताहरुलार्इ दिनहुँ गाली गर्छन् तर किन देश विकसित भएको छैन यो कुरा बुझ्न खोज्दैन्न । त्यस कारण अबको नेतृत्व गर्ने क्षमता सबै विद्यार्थी र युवाहरुमा छ र कसरी कुन तरिकाबाट कुन बाटोबाट अगाडि बढाउने भन्ने बारे बहस गर्न जरुरी छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...