केन्या १५५ मा अलआउट, नेपालले पायो १५६ रनको लक्ष्य (लाईभ)

  • काठमाडौं, ३० फागुन । 

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेलमा केन्याले नेपालसामु १५६ रनमा लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ४६ ओभर १ बलमा १५५ रनमा अलआउट गर्यो ।

आज नेपालका शरद भेषावकरले राम्रो बलिङ पारे सम्हालेका छन् । उनले  ४ विकेट लिएपछि केन्याको इनिङ ध्वस्त भएको हो । उनले ७ ओभर १ बलमा मात्र २८ रन दिएर ४ विकेट लिए ।

नेपालका लागि मेहवुव आलमले सुरूवाती दुई विकेट लिएपछि केन्याको इनिङ ध्वस्त हुन सुरु भएकाे थियाे । ।

त्यस्तै नेपालका अर्का भरपर्दा बलर बसन्त रेग्मीले २ र सागर पुन तथा सन्दीपले १/१ विकेट लिएका थिए ।

अहिले नेपालले घरेलु समर्थकका साथमा अाफ्नाे व्याटिङ गर्दै छ। अाजकाे खेल जित्नै पर्ने दवावमा छ नेपाल । अाज नेपालले अाफ्नाे व्याटिङमा सुधार गरेर खेल्न सक्याे भने केन्यालार्इ पराजित गर्न सहज हुनेछ  तर अघिल्लाे म्याचमा नेपालले गरेकाे व्याटिङ अाज फेरि दाेहाेरियाे भने विश्वकप खेल्ने नेपालकाे सपना अधुरै रहनेछ । र घरेलु समर्थकहरू पुनः निराश हुनेछन् ।

नेपालले च्याम्पियनसिपअन्तर्गत १४ मध्ये ७ खेल हारिसकेको छ र अंक तालिकामा ३ खेल मात्र जितेर ६ अंकका साथ छैटौं स्थानमा छ। च्याम्पियनसिपमा समावेश ८ देशमध्ये माथिल्लो ४ स्थान ओगट्ने टोलीले आउँदो वर्ष बंगलादेशमा आयोजना हुने विश्वकप छनोटको अन्तिम चरणमा भाग लिन पाउने नियम छ।

हेर्नुहाेस् लार्इभ 

, ,

प्रतिकृया दिनुहोस्

Loading...