सर्वोच्च भन्दा जनताको अादेश मान्न तयार छु - बालकृष्ण ढुंगेल

  • काठमाडाैं, ५ चैत्र ।

माओवादी नेता बालकृष्ण ढुंगेलले अाफूले सर्वोच्च अदालतको भन्दा जनताको अादेश मान्ने बताएका छन् ।

ओखलढुङ्गामा गरिएको नागरिक अभिनन्दनपछि बोल्दै ढुंगेलले सर्वसाधारणलाई सम्बोधन गर्दै ‘तपाईंहरुको मजेरीमा हुँने अदालतमा तपाईंहरुले अपराधी करार गरेको दिन म जुनसुकै सजायँ भोग्न तयार छु तर कथित सर्वोच्च अदालतको फैसलालाई फेरिपनि खारेज गर्छु’ भने । उनले सर्वोच्च अदालतको अादेशमा अाफूले गिरफ्तारी नदिने तर बलिदान गर्न तयार भएको बताए ।

ओखलढुंगाका उज्जन कुमार श्रेष्ठ ‘भुवन’को हत्यासँग जोडेर ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । ढंगेलले उज्जनलाई जनताले जनयुद्ध पूर्व नै लखेटेको बताए । उनले सैपुका दर्जनौँ महिलामाथि अश्लील व्यबहार गरेको समेत बताए ।

नेपाल कम्युनिस्ट पाटीको ओखलढुङ्गाले अभिनन्दन गरेको थियो । जिल्ला सचिव अमृत बस्नेतले सम्मानपत्रसहित तरबार र झण्डा दिएका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...