हिमपहिरामा परी भारतमा दुई नेपालीको मृत्यु
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiUvEFMG6Q5dxIUC1UhwJEfjyMtrRkBxLsemXzrxBxGN-1UAWDNHMCfDR_mn9qv6ChYbptxCU0yl1YnNZcE-QJ0lHa5sW1EEyjtogzzAMfaqUBjKY82UxeqPfEuxhpzii34OS_v-ju2AMl-/s640/Ice-slide.jpg)
- बैतडी, १ चैत्र ।
मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन् ।
सोही ठाउँका २० वर्षीय भूपेन्द्र कुँवर भने हिमपहिरामा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।
भारत, पिथौरागढ जिल्लाको विकट बुदीको सुवा भन्ने ठाउँमा उनीहरु फागृुन २६ गते राति हिमाली च्याउ खोज्न गएको बताइएको छ ।
दुवैको शव परीक्षणका लागि भारतको धार्चुलामा रहेको एक अस्पतालमा राखिएको तथा बेपत्ताको खोजी जारी रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै दार्चुला प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...