चर्चामा रहेका २ नेता प्रचण्ड र विप्लव, जसको वरीपरी घुमिरहेको छ नेपालको राजनीति

  • समसामयिक टिप्पणी ।
नेपालको राजनीतिमा यतिबेला खासगरी यी दुई जना नेताको खुब चर्चापरिचर्चा हुने गरेको छ । ति हुन् प्रचण्ड र विप्लव । यी दुर्इ नेताकाे किन यति बिघ्न चर्चापरिचर्चा हुने गरेको होला ? अहिले नेपालको राजनीतिमा याे एउटा बहसको बिषय बन्ने गरेको छ ।

यी दुई नेता नै नेपालको राजनीतिमा चर्चामा किन आएका होलान ? यस्ता थुप्रै प्रश्नले राजनीतिको सेरोफेरोमा रहने जो कोहीलाई पिरोलीरहेकै हुन्छ ।

यी दुर्इ नेताको राजनीतिक पृष्ठभूमी एउटै हो।  दुवैको लक्ष र उदेश्य पनि एकै हो । हिजो एक अर्काका सारथी रहेका यी दुई नेता अहिले भिन्दाभिन्दै बाटाेमा आ-आफ्नो राजनीतिक सिद्धान्त लिएर अगाडी बढिरहेका छन्।

यतिबेला एक थरि व्यवस्थाको नेतृत्व प्रचण्डले गरेका कारण सिङ्गो नेपालको संसदीय राजनीति प्रचण्डका वरिपरी घुमी रहेको छ भने त्यसको बिपरित तिनै प्रचण्डले छोडेको माओवादी आन्दोलनलाइ व्यवस्थीत गर्दै पुनः जनतामा फर्किने लाइन लिएका कारण विप्लव चर्चामा रहेको विश्लेषण गर्ने गरिन्छ।

तर मात्र याे विश्लेषणले अब नेपालको राजनीतिक चर्चामा रहेका यी दुई नेताको खास लेखाजोखा गर्न सकिने अबस्था भने छैन ।

सिङ्गो मुलुकको ८० प्रतिशत भूभागमा आफ्नो राज्य संचालन गरेर नेपालबाट विश्वलार्इ  नै एक प्रकारको सन्देश दिएको माओवादी आन्दोलन टुटफुट र विभाजनको सिकार बनेर लगभग तहस नहस नै बनेको अनुमान गरिएको थियो ।

आफैले सुरु गरेको आन्दोलनको लक्ष बिचैमा छोडेर प्रचण्ड पुरानै व्यवस्थाको फेरो समात्दै संसदीय राजनीतिको केन्द्र बनेका छन् भने प्रचण्ड बाबुराम र मोहन बैद्य सहितको सिङ्गो नेताहरुको टीमले समेत टुंगोमा नपुर्यौदै छोडेको जनवादी व्यवस्थाको निम्ति भनेर जनता कार्यकर्ता बटुल्दै संगठन निर्माण र जनसत्ताको पुनर्गठन तिर अगाडी बढेका छन् विप्लव ।

यो दुई फरक फरक राजनीतिक कार्यदिशा र कार्यक्रमका कारण पनि प्रचण्ड र विप्लव चर्चाको शिखरमा रहेका छन् ।

प्रचण्डको बढी चर्चा हुनुको ४ कारण

१ सत्ताको बागडोर

दश बर्षको लामो संघर्षको यात्राबाट स्थापित भएका माओवादी केन्द्रका नेता प्रचण्ड दोश्रो संविधान सभाको चुनावबाट सबै भन्दा सानो पार्टी बनेर पनि सत्ताको बागडोर सम्हालीरहेका छन् । त्यस कारणले पनि प्रचण्डको बढी चर्चा-परिचर्चा हुने गरेको छ ।

अघिल्लो संविधानसभाको निर्वाचनमा बहुमत प्राप्त पार्टीको अध्यक्ष भएपनि सत्ता संचालनको खासै अनुभव नभएका कारण उनि कमजोर बनेका थिए । तर अहिले सबैभन्दा सानो पार्टी भएर पनि सत्ताको नेतृत्व लिएका छन् प्रचण्डले । र आफ्नै नेतृत्वमा बनेकाे पहिलेको भन्दा अहिलेको सरकारबाट केहि प्रभावकारी कामहरु गरेका छन्। त्यसैले पनि उनि चर्काको शिखरमा छन् ।

२ कुटनीतिमा भारत रिझाउन सफल

पछिल्लो समय भारत कुटनीतिमा अलि बढी नै खेल्न भ्याएका प्रचण्डका लागि यो पनि सामान्य बिषय बनिसकेको थियो । संसदीय राजनीति गर्ने प्रचण्ड प्रतिबद्धताका कारण कांग्रेस एमालेसित राम्रोसंग खेल्न सकिन्छ भनेर जुक्ती सिकाउने भारतसंग जब उनको दोस्ती बढ्यो त्यसपछि उनलाई केहि सजिलो भएको थियो ।

नेपालको संसदीय राजनीतिमा भारतको अप्रत्यक्ष हस्तक्षेपका कारण भारतलार्इ रिझाउन नसक्ने नेताहरु राज्य संचालानको तहमा लामो समय टिक्न नसक्ने परिस्थिति बिध्यमान छ ।

यो परिस्थितिलार्इ आफ्नो हिजोको युद्द राजनीतिबाट प्राप्त स्वाभिमान र निष्ठाले थेग्न नसक्ने आंकलन गरिसकेका प्रचण्डको अगाडी भारतको जी हजुरी गर्नुको विकल्प थिएन ।

उक्त कुरालाई गहिरोसंग बोध गरिसकेपछि नेपालका केही बहुआयामिक जलविद्धु तलगायतका सम्झौतामा केहि लचिलो बन्दै भारतलाई रिजाउने रणनीति अपनाएर भएपनि सत्ता संचालनको तहमा टिकिराख्ने रणनीति प्रचण्डले लिए ।

सकेसम्म आफ्नै कार्यकालमा स्थानीय निकायको चुनाब गराउन सकिए थप जस लिन पाइने अनुमान प्रचण्डले लगाए । र त्यसपछि जुनकुनै हातलमा कांग्रेस एमालेलाई पेलेर हुन्छ वा सम्झौता मार्फत गलाएर हुन्छ, त्यसरि नै स्थानीय निकाएको चुनावको मिति घोषणा गर्न सफल भए र चर्चाको पात्र बने ।

३ संविधान निर्माणको जस लिन सफल

प्रण्डलार्इ जसरि भएपनि संविधान निर्माणको बाधक आफु नभएको सावित गर्नु थियो,  त्यसैले उनले एमाले अध्यक्ष केपी ओलीलाई सत्ताको जिम्मा दिएर उक्त जस लिने योजना बाबुराम भट्टराईमार्फत कार्यन्वयन गराउन सफल रहे । जसकारणले पनि प्रचण्डको चलाखी बुझ्न सक्नेहरुको पंतिमा चर्चित पात्रको रुपमा आगाडी आए ।

बिवाद समाधान उपसमितिको संयोजनक बाबुराम भट्टराई भएको हुनाले यसको खास जस बाबुरामले लिनुपर्ने हो तर उनले लिन सकेनन्। संविधानसभामा अन्तिम दिन प्रचण्ड आफैले मन्तव्य राखे । र संविधान निर्माण गर्न माओवादीका तर्फबाट आफैले सबैभन्दा बढी भूमिका खेलेको भाषाण दिए । अाफुले नै सबै जस लिन सफल भए र प्रचण्डको चर्चा तुलनात्मक रूपमा अरूकाे भन्दा बढी चल्यो ।

४ ओली सरकारको पालामा देशले पाएको संकट लगत्तै प्रचण्ड आगमन

केपी ओलीको सरकारलाई संकटमा पारेर उसले जनतामाझ केही गर्न नसकेको देखाउन भारतले हदैसम्म सडयन्त्र गरेकै हो । नाकाबन्दीकै कारणले कमजोर बनेको केपी ओली सरकारका बिरुद्ध अविस्वास प्रस्ताव नै लाग्ने सम्भावना भएपछि उनले राजिनामा दिए ।

नाकाबन्दीको बेला ग्यास चामल खाद्यान्न अभाव त एकातिर छदैछ, त्यसमाथि थपिएकाे १८ घण्टे लोडसेडिङका कारण जनताले समयमा खाना पकाएर खानसम्म पाएनन् ।

हाे यहाँनिर पनि ठिक त्यहि मौका छोपेर प्रचण्डले सरकारको नेतृत्व लिए । भारतलार्इ रिझाएर आफ्नो कार्यकाल सफल र सहज बनाएका प्रचण्डले लोडसेडिङ अन्त्य लगायत केही त्यस्ता काम गरेर जनताको आखाँमा छारो हाल्न सफल भए । 

जसकारण नेपालको विमानस्थलमा भारतीय इयरमार्शल राख्ने दिने लगायत थुप्रै नेपालको हित विपरित आफुले गरेका सम्झौताका मुद्दालार्इ ओझेलमा पार्न उनी सफल भए । यसरी फेरि पनि उनको वरिपरी नै नेपालको राजनीति घुमिराख्यो ।

त्यस्तै अब कुरा गरौ अहिले चर्चामा रहेका र एक हिसाबले भन्ने हो भने देशको राजनीति नै उनको वरिपरी घुमिरहेको मान्न सकिने नेता हुन् कम्युनिष्ट पार्टीका महासचिब नेत्रक्रम चन्द 'विप्लव' । विप्लव चर्चित हुनुका पनि थुप्रै कारणहरु होलान तर मुख्य कारण भनेको उनले लिएको राजनीतिक कार्यदिशा र कार्यक्रम नै हो ।

विप्लव चर्चित हुनुका ५ कारणहरु

१ जनसेना विघटनमा  विमती

तत्कालिन माओवादी पार्टीभित्र निकै प्रभावशाली मानिएका विप्लव खास गरी चर्चित हुनुकाे कारण भनेको उनले जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन गर्न नहुने अडान सुरुदेखी अन्तिमसम्म राखिराखे । जसकारण सबैभन्दा पहिले पार्टीभित्र उनको अडान जायज भएकाे पुष्टि गर्दै पार्टीका प्रभावसाली नेता मोहन वैद्य, राम बहादुर थापा लगायतले साथ दिए ।

लेखक- कमल बुढा ।
वैद्य र राम थापाले जनमुक्ति सेनालाई सरकारी सेनामा विलय गराउने प्रचण्ड बाबुरामको योजनामा सेनाको विलोपिकरण गर्ने अन्तिम सर्बदलीय बैठकमा सहभागी भएर पनि असमहती जनाएका थिए । उक्त असहमतिका शक्ति भनेकै विप्लव थिए  । त्यसकारण पनि उनि निकै चर्चित नेताका रुपमा रहीरहे र उनको वरिपरी माओवादी राजनीति घुमीरयाे ।

२ पार्टी पुनर्गठनमा भूमिका

प्रचण्ड नेतृत्वको एकीकृत माओवादी विभाजन भएर ड्यास माओवादी बन्नुमा महत्वपूर्ण भूमिका खेल्नु विप्लव चर्चित हुनुको अर्को कारण हाे । एक मात्र नेता विप्लव यदी माओवादीमा हुँदैनथिए भने तत्कालिन बेला माओवादी विभाजन भएर ड्यास माओवादी बन्न सक्ने कल्पना अरुले गरेका थिएनन् ।

विप्लवकै बुद्दिमताका कारण मात्र अन्तिमसम्म ढुलमुल रहेका राम बहादुर थापा लगायतका नेताहरु एक ठाउँमा आउन बाध्य भए र ड्यास माओवादी जन्मिने वातावरण बन्यो । त्यसले सिंङ्गो माओवादीका पुराना नेता कार्यकर्ता र आम जनतामा विप्लव प्रतिको सकारात्मक धारणा पैदा भयो र विप्लव चर्काको शिखरमा रहे ।

३ अर्को माओवादी बनाउने आँट

विप्लव चर्चित हुनुको अर्को महत्वपूर्ण कारण भनेको प्रचण्ड माओवादीबाट फुटेर ड्यास माओवादी बनाएको २ बर्ष पनि नपुग्दै फेरि अर्को माओवादी पार्टी बनाउने आँट गर्नु, जुन निक्कै चुनाैतिपूर्ण पनि थियाे । त्यसबेला माओवादी वृतमा उनलार्इ सानाे बाबु देख्नेहरूका लागी विप्लव केहि समय नवित्दै पुन्ः शक्तिशाली माओवादी पार्टी निर्माण गर्न सफल भए ।

वर्तमान परिवेशमा कम्युनिष्ट पार्टीको रुपमा अगाडी आएको विप्लव नेतृत्वको पार्टी अहिलेका सबै माओवादी पार्टीभन्दा निकै शक्तिशाली पार्टी सावित भएकाे छ । त्यसैले यो पार्टीले गर्ने कार्यक्रम, लिने रणनीतिका आधारमा अरु पार्टीहरुले आफ्ना कार्यक्रमहरु अगाडि बढाउछन र सरकारले पनि त्यही अनुसारको रणनीति बनाएर अगाडी बढ्ने गरेको छ ।

४ एनसेल माथिको जायज आक्रमण

विप्लव चर्चामा आउने अर्को कारण भनेको एनसेलमाथिको आक्रमण पनि हो ।  तकालिन नेकपा (माओवादीले) २४ घण्टा नवित्दै डेढ सय भन्दा बढी ठाउँमा अवस्थित एनसेल टावरमा आक्रमण नगरेको भए सम्भबत एनसेलप्रतिको नेपालीको धारणा यति धेरै नकारात्मक बन्न सक्ने थिएन ।

माओवादी हमलाका कारण एनसेलले सरकारलाई तिर्न बाकि कर तिर्न बाध्य भयो र एनसेलमाथिको माओवादी हमला जायज भएका कारण विप्लवले जनताको मन जिते । जसकारण पनि उनि फेरी चर्चाको सिखरमै रहे । सोही कारण अलिले एनसेल प्रयाेगकर्ता घटेका छन् । कयाैं युवाहरूले एनसेल नै वहिस्कार गरेका छन् । र एनसेलकाे कर छलि छताछुल्ल भएकाे छ । 

५ प्रचण्ड र विप्लव एक अर्काको विपरित

माओवादीको आठौँ माहाधिवेशनपछि विचार राजनीतिलाई ठोस गर्दै नेपालका सबै वामपन्थीहरुलाई समट्नेगरी पार्टीको नाम कम्युनिष्ट पार्टी राखेर माओवादी आन्दोलनलाई थप अगाडी बढाउने दिशा तिर उन्मुख कार्यदिशा र कार्ययोजना अगाडी ल्याएर आएपछि चर्चाको शिखरमा नै छन् विप्लव ।

त्यस्तै हिजोका नेता कार्यक्रताका रुपमा रहेका प्रचण्ड विप्लव अहिले एक अर्काका बिपरित सत्रु जस्ता देखिएका कारण विप्लव र प्रचण्डको वरीपरि नै यो देशको राजनीति घुमिरहेको छ ।

एकातिर आफ्नै नेतृत्वमा जसरी पनि स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रचण्डको वाध्यता छ भने अर्कातिर त्यसलाई जसरी पनि जनताको बलद्वारा ध्वस्त पर्ने विप्लवको लाइन छ । 

परम्परागत संसदीय व्यवस्था फाल्ने उद्घाेषका साथ युवाहरूकाे जमात बाेकेर एकिकृत जनक्रान्तिकाे मूलबाटाेमा हिडेका विप्लव त्यहि संसदीय व्यवस्थाकाे विरूद्ध १० बर्षे जनयुद्ध लडेर अहिले त्यहि संसदीय व्यवस्थाकाे साहार लिन पुगेका प्रचण्ड भन्दा अझै चर्चाको शिखरमा छन् ।

अन्ततः विप्लवले लिने रणनीति र कार्यनीतिका आधारमा मात्र आफ्नो आगामी योजना तय गर्ने गरेकाले एकातिरको राजनीति प्रचण्डको त अर्को तिरको राजनीति विप्लवको वरिपरी घुमिरहेको  छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...