एकेडेमी बोसमाथि क्रान्तिकारीको कारवाही, साङ्गलोले बाधेर प्रशासनलाई बुझाइयो

  • सल्यान चैत । 
दाङ्गमा सञ्चालित एक एकडेमीका सञ्चालकलाई विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले कारवाही गरेको छ । 

करिब ३ बर्ष देखि दाङको घोराहीमा खुला शिक्षाका नाममा सञ्चालनमा रहेको शुभ श्री एकेडेमीका बोस बालकृष्ण वलीलाई क्रान्तिकारीले कारवाही गरेको हो । 

क्रान्तिकारीले सल्यान श्रीनगरबाट वलीलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । क्रान्तिकारीका कार्यकर्ताले श्रीनगरबाट खलंगा बजार परिक्रमा गराइ जिल्ला प्रशासन कार्यालय लगेर बुझाएका हुन् । 

वलीले दाङमा रहेको एकेडेमीमा २ सय विद्यार्थीको भर्ना गरी पास गराउने भन्दै प्रत्येक विद्यार्थीबाट ५० देखि ६० हजार सम्म असुलेको खुलेको छ ।

खुल्ला शिक्षाको नाममा विद्यार्थी र अभिभावकबाट मोटो रकम असुलेर पास गराउने ग्यारेन्टीका साथ सल्यान र रुकुममा चर्को आर्थिक शोषण र शिक्षाको दलालिकरण गरेकोले तथ्यका आधारमा कार्वाही गरिएको क्रान्तिकारीले जनाएको छ । 

क्रान्तिकारीले यस कार्यमा जिल्ला शिक्षा कार्यलयका जिम्मेवार कर्मचारी, खुल्ला शिक्षाको अनुमती पाएका विद्यालयका कर्मचारी र पधादिकारीको संलग्न रहेको दावी गरेको छ । 

सल्यान र रुकुमबाट पास गर्न सजिलो हुन्छ भन्दै खाना, बस्न, गाडीभाडा बाफत चर्को शुल्क लिनुका साथै छात्रहरु माथी यौन दुव्र्यवहार गरेको संगठनको राप्ती व्यूरोले निकालेको विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा जिल्ला शिक्षा कार्यालयको मिलेमतोमा प्रकृया नपुगेका विद्यार्थीहरु लाई समेत परिक्षामा सहभागी बनाएको, आर्थिक प्रलोभनमा परि र पारी बिद्यालयको मिलोमतोमा आवश्यक न्युनतम प्रक्रिया नपुर्याबइ परिक्षामा सामेल बनाएको, जिल्ला शिक्षा कार्यालय, सम्बन्धित स्कुल र एकेडेमीका संचालकहरुकिरण न्यापाने, दिपक न्यौपाने र बालकृष्ण ओलि ले परिक्षा गार्डहरु किनबेच गरेको संगठनको आरोप छ । 

संगठनले हाल सम्म यसरी ठगि गरिएको खुल्ला शिक्षाको लागि लाग्ने (१५६०) बाहेकको अन्य शुल्क बिनासर्त अविलम्ब सम्पुर्ण विद्यार्थी र अभिभावकलाई फिर्ता गर्नुपर्ने, यस्तो धन्दामा सामेल जो कोहिलाइ तथ्य र तथ्यांकको आधारमा हदै सम्मको कार्वाही गर्नु पर्ने, विद्यार्थीलाई कुनै पनि बहाना बाजिमा परिक्षाबाट बन्चित गर्न नपाइने जस्ता मागहरु राखेको छ । 

आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको भन्दै प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीले त्यस्तो गलत काम गरेको ठहरे जो कोही पनि कार्वाहीको दायरमा आउने जनाएका छन ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...