नगरकोटमा एसियन माउन्टेन बाइक रेस हुने
 

- काठमाडौँ, १८ चैत ।
 
माउन्टेन बाइक कम्पनी प्रालिका आयोजनामा एसियन एन्ड्युरो सिरिज माउन्टेन बाइक रेसको दोस्रो संस्करण यसैमहिना हुँदैछ । 
यही चैत २४ देखि २७ गतेसम्म नगरकोटमा आयोजना हुने उक्त रेसमा नेपालसहित १७ देशका ८१ जनाको सहभागिता रहने आज  आयोजित पत्रकार सम्मेलनमा संयोजक अनुज अधिकारीले जानकारी दिए। 
उनका अनुसार रेसमा नेपालबाट ४२ जना र विदेशबाट ३९ जनाले प्रतिस्पर्धा गर्नेछन् । जसमा बेलयातबाट छ, बङ्गलादेशबाट पाँच, सिङ्गापुर, फिलिपिन्स र थाइल्यान्डबाट चार–चार जनाका दरले भाग लिनेछन् । 
त्यसैगरी अमेरिकाबाट तीन भारत र अस्ट्रेलियाबाट दुई÷दुई तथा भुटान, नेदरल्यान्ड्स, फ्रान्स न्युजिल्याण्ड, जर्मनी, भेनेजुएला, मेक्सिको र मलेसियाबाट एक÷एकजनाले प्रतिस्पर्धा गर्नेछन् । 
खुला समूह पुरुषमात्रै, महिला समूह, पुरुष ४० वर्षभन्दा माथिको समूह, पुरुष ३१ देखि ३९ वर्षको समूह तथा पुरुष १७ वर्षभन्दा कम उमेर समूहका गरी पाँच विधामा रेस हुनेछ । 
उक्त रेसको दूरी करिब १३ किलोमिटर रहेको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
        Loading...
    
    
