बाबुराम नेतृत्वको नयाँ शक्ति फुट्दै, समानान्तर पार्टी छिट्टै घोषणा हुने

  • इमान्दार मिडिया संवाददाता,
  • काठमाडौँ ।

बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति नेपाल फुट्ने भएको छ । मधेसी नेतासँग मिलेर स्थानीय निर्वाचनको विरोध गरेको भन्दै पार्टीभित्रका केहि शक्तिशाली नेतापनि पार्टीबाट अलग हुने भएको छ । 

नयाँ शक्ति नेपालको विश्वस्त सुत्रले इमान्दार मिडियाई दिएको जानकारी अनुसार नयाँ बर्ष वरपर मिति पारेर नयाँ शक्ति नेपाल फुटाउने अन्तिम तयारी भइरहेको छ । 'हामीले नयाँ शक्ति नेपालको समानान्तर पार्टीको तयारी गरिरहेका छौं । 

त्यसका लागि गठन गर्नुपर्ने विभिन्न समितिहरुपनि गठन भएको छ । हामी एक कार्यक्रमका बीच पत्रकार सम्मेलन गरेर यो सबै प्रक्रियाबारे औपचारिक जानकारी गराउनेछौं ।' हाल नयाँ शक्ति नेपालमै रहेका एक नेताले इमान्दार मिडियासंग भने । 

'बाबुराम भट्टराइ चुनाव भाँड्न लागि परेका छन् । चुनावमा गए आफ्नो अस्तित्व समाप्त हुने भएपछि भट्टराइले यस्तो काम गरिरहेका छन् । चुनावको सबीतिर स्वागत भइरहेकाले नयाँ शक्ति नेपालले त्यसको विरोध गर्नु अनुचित हो । हामीले बाबुराम भट्टराइलाई सम्झाउने प्रयास पनि गर्यौं । तर उहाँले हामी कसैको कुरा नसुनी तानाशाहीपनि देखाउनुभयो । त्यसपछि छुट्टिनुको विकल्प भएन ।' उनले भने । 

उनका अनुसार समानान्तर पार्टीको नाम के राख्ने भन्ने सल्लाह भइरहेको छ । नयाँ शक्ति नेपालकै समानान्तर पार्टि हुने भएकाले नाम पनि त्यहि अनुसारको राख्ने भन्ने आन्तरिक सल्लाह भइरहेको उनको दावी छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...