अज्ञात व्यक्तिद्वारा दम्पत्तीमाथि धारिलो हतियार प्रहार, श्रीमतीको मृत्यु

  • रौतहट, २२ फागुन । 
कनकपुर–२ बस्ने ३० बर्षीय शेख खजुरको २५ बर्षीया श्रीमती सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको छ ।

सोही स्थान बस्ने नसरुदिनको घरमा चोर आएको भन्ने हल्ला–खल्ला भएकोले शेख खजुर बाहिर निस्की हेर्दा कोही देखा नपरेपछि फर्की आई घर भित्र पस्ने क्रममा ढोकाको छेउँमा लुकीछिपी बसेको अपरिचित १ जना व्यक्तिले निजको टाउकोमा धारिलो हतियार प्रहार गरी घाईते बनाएको छ ।

त्यस्तै निजको श्रीमती सहनाज खातुनलाई सुतिरहेको स्थानमा टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएको बताइएको छ ।

घाइते खातुनको उपचारको क्रममा चुरेहिल अस्पताल मकवानपुरमा मृत्यु भएको हो । फरार अभियुक्तको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...