मन परेको मान्छेलाई आफ्नो बनाउने सात सुत्र



१. आँखामा हेर्नुस् 

कुनै पनि ब्यक्तिसँग पहिलो पटक भेट्दा आँखामा आँखा राखेर कुरा गर्नुस् । यसले सम्बन्ध स्थापित गर्न ठूलो भूमिका खेल्छ । यसबाट तपाइँको ब्यक्तित्व देखिन्छ ।

२. आफूलाई चिनाउनुस् 

कुनै पनि ब्यक्तिसँग पहिलो पटक भेट्दा आफूलाई चिनाउनका लागि केही कुरा गर्नुस् । कमसेकम पहिलो भेटमा तपाइँ उनीप्रति कति चासो राख्नु हुन्छ वा कति विशेष मान्नु हुन्छ भन्ने कुरा बुझाउनुस् ।

३. अनलाइन कनेक्सन 

पछिल्लो समयमा सम्बन्ध स्थापित गर्नका लागि समय नभएपनि विभिन्न माध्यमबाट सम्बन्धमा रहन सकिन्छ । फेसबुक, ट्विटर, वाट्सऐप जस्ता माध्यमबाट पनि सम्बन्धमा रहन सकिन्छ जसले सम्बन्धलाई गाढा बनाउन मद्दत गर्छ ।

४. उसलाई मन पर्ने कुरा थाहा पाउनुस् 

कुनै पनि ब्यक्तिलाई आकर्षित गर्नका लागि सबै भन्दा प्रभावकारी उपाय हो एक अर्काको इच्छा र चाहानाबारे जानकारी राख्नु हो । एक अर्कालाई मन पर्ने कुरा थाहा पउन सके र ख्याल गर्न सके सम्बन्ध सहजै गाढा हुन्छ ।
५. निमन्त्रणा दिनुस् 

कुनै पनि मान्छेसँग नजिक हुनु छ भने त्यस्तो ब्यक्तिसँग समय विताउनु पर्छ । ब्यस्तताकाबीच पनि समय निकालेर केही समय विताउँदा सम्बन्ध आफै गाढा हुन्छ । एक अर्कालाई बोलाउनु भेटघाट गर्नु सम्बन्ध विस्तार गर्ने प्रभावकारी तर पहिलो चरण हो ।

६. आफ्नो बारेमा जान्ने मौका दिनुस् 

यदि तपाइँले चाहेको मान्छेकोबारेमा सबैजसो जानकारी पाइ सक्नु भएको छ र आकर्षित गर्ने चरणमा पुग्नु भएको छ भने आफ्नोबारेमा पनि थाहा पाउने मौका दिनुस् । उसलाई पनि तपाइँको बारेमा खोजि गर्ने मौका दिनुस् । कहिले काँहि आफूले कल नगरेर उताबाट कल आउन दिनुस् ।

७. अन्त्यमा डेटिङ

अव एक अर्कासँग अन्तरंग गफ हुन्छ र सबै कुरा शेयर हुन थालेको छ भने अवको स्टेप हो डेटिङ । यदि उताबाट प्रस्ताव आयो भने पनि सामान्यरुपमा लिनुस् आफूले प्रस्ताव राख्न पनि नहिच्किचाउनुस् ।

एजेन्सी ।

,

प्रतिकृया दिनुहोस्

Loading...