पेशावर जाल्मीले जित्यो पीएसएल क्रिकेट प्रतियोगिताको उपादी


  • काठमाडौं २३ फागुन। 
पाकिस्तानको गद्दाफी स्टेडियमा पाकिस्तान सुपर लिग (पीएसएल)को फाइनल पेशावर जाल्मीले जितेको छ ।

यो पाकिस्तानमा ८ वर्षपछि भएको ठूलो क्रिकेट प्रतियोगिता हो । सन् २००९ मा लाहोरमा श्रीलंकाली क्रिकेट टोलीमाथि सांघातिक आक्रमण गरेपछि अन्तराष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानको भ्रमण गरेका छैनन् ।

पेशावर जल्मीले प्रतिद्वन्द्वी टिम क्वेटा ग्लाडियेटर्सलाई ५८ रनले हरायो । कडा सुरक्षाका बीच भएको खेल हेर्न दर्शकहरुको ठूलो संख्यामा उपस्थिति थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पेशावर जाल्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो । उसका लागि कमरन अकमलले ४० रन बनाए भने डरेन सामीले २८ रनको योगदान दिए ।

जवाफमा मैदान उत्रिएको क्वेटा ग्लाडियेटर्सले १६.३ ओभरमा ९० रन जोड्दा सबै विकेट गुमायो ।

,

प्रतिकृया दिनुहोस्

Loading...