त्रिविद्धारा स्ववियु निर्वाचनको नतिजा सार्वजनिक, कसको संख्या कति हेर्नुहोस (सुचिसहित)

  • काठमाडौं, २१ फागुन । 
त्रिभुवन विश्वविद्यालयले बुधबार सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । त्रिविका अनुसार निर्वाचन भएका २५१ वटा क्याम्पसको मतपरिणाममा एमाले निकट अनेरास्ववियु पहिलो स्थानमा छ।

मतपरिणामअनुसार हालसम्म अनेरास्ववियुले आंगिक क्याम्पस अन्तर्गत ९ वटा क्याम्पस र सामुदायिक क्याम्पस अन्तर्गत ९९ गरी १०८ क्याम्पसमा बिजय हासिल गरेको छ ।

त्यस्तै नेपाल विद्यार्थी संघले आंगिक क्याम्पस अन्तर्गत ८ र सामुदायिक क्याम्पस अन्तर्गत ७७ गरी ८५ क्याम्पसमा विजय हासिल गरेको मतपरिणामले देखाएको छ । यससँगै नेविसंघ दोस्रो स्थानमा छ ।

त्यस्तै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले ४ आंगिक क्याम्पस र ४६ सामुदायिक क्याम्पसगरी ५० स्थानमा आफ्नो जित सुनिश्चित गरेको छ ।

अन्य संगठनहरुमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ ३, नेपाल क्रन्तिकारी बिद्यार्थी संघ १, संघीय समाजबादी १, nepal कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी १, नयाँ शक्ति १, अखिल छैटौं १ स्थानमा बिजयी भएका छन् ।

निर्वाचन भएका २५१ वटा क्याम्पस
१) अनेरास्ववियु– आंगिकतर्फ ९ वटा, सामुदायिकतर्फ ९९ गरी १०८ क्याम्पसमा बिजयी ।

२) नेविसंघ– आंगिकतर्फ ८, सामुदायिकतर्फ ७७ गरी ८५ क्याम्पसमा विजयी ।

३) अनेरास्ववियु (क्रान्तिकारी)– आंगिकतर्फ ४, सामुदायिकतर्फ ४६ गरी ५० क्याम्पसमा विजयी ।
अन्यः
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ ३
नेपाल क्रन्तिकारी बिद्यार्थी संघ १
संघीय समाजबादी १
कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी १
नयाँ शक्ति १
अखिल छैटौं १

,

प्रतिकृया दिनुहोस्

Loading...