एमाले केन्द्रीय सदस्य मनोनीत भएपछि शान्ताले लेखिन यस्तो स्टाटस

नेकपा (एमाले)को स्थायी समितिले आफूलाई बैकल्पिक केन्द्रीय सदस्य मनोनीत गरेपछि पूर्वसभासद् एवम् थारु नेतृ शान्ता चौधरीले खुसी व्यक्त गर्दै पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्ने बताएकी छिन् ।
‘एमालेले मलाई बैकल्पिक केन्द्रीय सदस्य पदको जिम्मेवारी दिएको छ । यसप्रति आभार व्यक्त गर्दछु’, उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर भनेकि छिन्, ‘मलाई यो अवस्थामा पुगाउनमा सबभन्दा धेरै एमालेका कार्यकर्ता पंक्तिको योगदान छ ।’
‘यो जिम्मेवारी म देश र जनतालाई शिरमा राखेर इमानदारिता पूर्वक निर्वाह गर्नेछु’, चौधरीले भनेकि छिन् ।
एमालेका सचिव योगेश भट्टराईद्वारा शनिबार जारी प्रेस विज्ञप्तिअनुसार दाङबाट राजनीति गर्दै आएकी चौधरीलाई बैकल्पिक केन्द्रीस्य सदस्य मनोनित गरेको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्
Loading...