दोस्रो संविधानसभामा बाँडिएको मतदाता परिचयपत्र अस्वीकृत, नयाँ छापिने

  • काठमाडौं, २३ फागुन । 

तपाई ०७० सालमा निर्वाचन आयोगले बाँडेको फोटोसहितको मतदाता परिचय पत्र बोकेर भोट हाल्ने तयारीमा हुनुुहुन्छ ? ढुक्क नहुनुस्, निर्वाचन आयोगले उक्त परिचय पत्र अस्वीकार गर्दै नयाँ परिचयपत्र छाप्ने भएको छ ।

निर्वाचन आयोगले बैशाख ३१ गते सम्पन्न हुने स्थानीय चुनावका लागि ०७० सालको निर्वाचनमा प्रयोग भएको मतदाता परिचय पत्रलाई मान्यता नदिने निर्णय गरेको हो ।

नयाँ निर्वाचन ऐनले मतदातालाई मतदानको लागि अनिवार्य मतदाता परिचय पत्रको व्यवस्था गर्न भनेकाले नयाँ मतदाताका लागि नयाँ परिचयपत्र छपाउन लागेको आयोगले जनाएको छ । 

अब आउने मतदाता परिचय पत्रमा बार कोड समेत उल्लेख हुनेछ । निर्वाचन आयोगले मतपत्र छपाउनका लागि सूचना प्रकाशित गरिसकेको छ ।

निर्वाचन आयोगमा करिब १ करोड ४० लाख मतदाताले फोटोसहितको आफ्नो विवरण दर्ता गराएका छन् । यस्तै आयोगले अब कुनै पनि मतदाताले आफ्नो मतदाता नामावली स्थान्तरण गर्न नसक्ने बताएको छ । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...