पत्रकार महासंघ जुम्लाको अध्यक्षमा पुनः महत, क्रान्तिकारी पत्रकार संगठनले दियाे बधार्इ
- इमान्दार मिडिया संवाददाता ।
क्रान्तिकारी पत्रकार बरमबहादुर महत नेपाल पत्रकार महासंघ जुम्लाकाे अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासंघ जुम्लाको ५ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा महत सर्वसम्मत रुपमा चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा नेत्रबहादुर शाही, महिला उपाध्यक्षमा गीता शाही (महत) र सचिवमा धनबहादुर बुढा चयन भएका छन भने सह–सचिवमा भरत बोहोरा र नौरते नेपाली तथा कोषाध्यक्षमा ईश्वरीप्रसाद देवकोटा चयन भएका छन् ।
अन्य सदस्यमा बिष्णुमाया रोकाया, विजय रावत, धर्मसिहं कठायत, साङमु लामा, तिर्थ वड, रतन नेपाली, सूर्य अधिकारी र कृष्ण वोहोरा चयन भएका छन् ।
प्रदेश सभासदमा शुरबहादुर सिंह, धनलाल बस्नेत, पदम रोकाया, शिवराज न्यौपाने, खगेन्दबहादुर मल्ल, देविप्रसाद पाण्डे, शिवा शाही, कर्णबहादुर भण्डारी, तुलाराम रावत, कृष्णामाया उपाध्याय, धिरज महत, जयऋषि उपाध्याय र मोहन बिक्रम शाही चयन भएका छन् ।
यसैगरी केन्द्रीय सभासदमा नरेश भण्डारी, रमेश आचार्य, पूर्णप्रसाद चौलागाई, गोर्खबहादुर थापा, नेत्रबहादुर शाही, भीम नेपाली साने, नरेन्द्रनाथ योगी, उमेश आचार्य, ईन्दिरा थारु र लक्ष्मीप्रसाद देवकोटा चयन भएका छन् ।
तीन कार्यकालका लागि अध्यक्षमा चयन भएका महत यसअघि क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य समेत थिए । यसैबीच क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले महतलार्इ बधार्इ ज्ञापन गरेकाे छ।
सङ्गठनका उपाध्यक्ष दिपेन्द्र रावलले महतजस्ताे जिम्मेवार र इमान्दार पत्रकारले जुम्लामा महासंघकाे नेतृत्व हाँक्नसक्ने भन्दै उनले श्रमजीवी पत्रकारहरूका हकहितकाे लागि थप पहल कदमी लिनुपर्ने बताए ।
उपाध्यक्ष रावलले महत नेतृत्वकाे नवनिर्वाचित टाेलीलार्इ बधार्इ तथा शुभकामना व्यक्त गरेका छन् ।
२०७३ चैत्र ६ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...