प्रकाशमान सिंहको निवासमा देउवा बिरुद्ध कांग्रेस नेताहरुको गोप्य भेला

  • काठमाडौं, २५ फागुन । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिरुद्ध कांग्रेसका नेताहरुले गुटबन्दी गर्न थालेका छन् ।

मुलुकको राजनीति संकटपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला सभापति शेरबहादुर देउवा अनिर्णयको बन्दी भएर बसेको आरोप लगाउदै कांग्रेसका केही केन्द्रीय सदस्यहरूले गोप्य भेला आयोजना गरेका छन्।

काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा रहेको कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा मंगलबार भएको गोप्य भेला भएको बुझिएको छ ।

गोप्य भेलामा केन्द्रीय सदस्यहरूले सभापति देउवाले पार्टीलाई क्रियाशील बनाउन नसकेको भन्दै आलोचना गरेका छन् । 

गोप्य भेलामा सहभागीहरुले यस्तो संकटपूर्ण अवस्थामा कांग्रेस अनिर्णयमा बस्नु दुःखद् रहेको भन्दै आक्रोश जनाएको श्रोतले बताएको छ ।

भेलामा पार्टी केन्द्रीय समितिको बैठक तत्काल बोलाउन सभापति देउवासँग माग गरिएको केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिए । 

भेलाले सप्तरीमा भएको घटनाले मुलुकमा झन् राजनीतिक अस्थिरता कायाम गरेको भन्दै ठूलो दलको हिसाबले कांग्रेसले समन्वयकारी भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको केसीले बताएका छन् ।

भेलामा कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुङ्गाना, मीनेन्द्र रिजाल, महेश आचार्य, नारायण खड्का, गोविन्द भट्टराई, गुरुराज घिमिरेलगायत १५–२० जना केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...