समस्या समाधान गर्न संविधान संशोधन गरी चुनावमा जाऔँः नेता महतो

  • सप्तरी, २९ फागुन ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनमा सहभागिता जनाएर मुलुकको समस्या समाधान गर्न नेकपा (एमाले)लाई आग्रह गरेका छन् । 

आइतबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उबोल्दै उनले मधेस विरोधी रवैया छोडेर, मधेसीलाई अधिकार दिलाउने सवालमा अगाडि बढ्न आग्रह गरे । मधेसको समस्या समाधानका लागि तीन ठूला दलले पहल गर्नुपर्ने उनको भनाइ थियो । 

मधेसवादी दलले अघि सारेको माग सम्बोधन नगरी चुनाव हुन नसक्ने दाबी गर्दै उनले भने, “१८ वर्ष चुनाव नहुँदा के फरक प¥यो ? त्यसैले दुई महिना समय बढाऔँ र संविधान संशोधन गरी चुनावमा जाऔँ ।” 

यसैबीच, अध्यक्ष महतोले सोमबार भएको झडपका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजनाको परिवारजनसँग आज भेट गरेका छन् । 

सो क्रममा उनले मृतकका परिवारलाई आफ्नो पार्टीका तर्फबाट जनही रु एकलाख २५ हजार आर्थिक सहयोग गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...