स्ववियु चुनावको नयाँ मिति घोषणासंगै आरआर क्याम्पसमा तनाव

  • काठमाडौं २० फागुन। 
विद्यार्थी संगठनबीच उत्पन्न तनाव पछि निर्धातिर मितिमा स्ववियु चुनवा हुन नसकेको आरआर क्याम्पसमा नयाँ मिति घोषणा फेरि तनवा उत्पन्न भएको छ । 

नेविसंघ र अखिल क्रान्तिकारी बिबादका बाबजुत निर्वाचन मिति घोषणा गरेको भन्दै विरोमा उत्रिएका छन् । 
३ बुँदे माग राख्दै नेवि संघ र क्रान्तिकारी प्रदर्शनमा उत्रिएपछि आरआर क्याम्पस परिसरमा तनाव बढेको हो ।

नेविसंघ र क्रान्तिकारीले आफूहरुसँग छलफल नै नगरी निर्वाचन तालिका सार्वजनिक गरेको भन्दै खारेज गर्न र संयुक्त छलफल गरेर नयाँ निर्वाचन मिति तय गर्न माग गरेका छन् ।

साथै १८ गते हुन नसकेका सबै क्याम्पसमा देशभर चुनाव गर्नु पर्ने नेविसंघ र क्रान्तिकारीको माग छ । आरआरमा कर्फ्यू लगाइएको दाबी गर्दै उनीहरुले यस्तो अवस्थामा हुने चुनाव मान्य नहुने दुबै विद्यार्थी संगठनको दाबी छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...