१२ राजदुतको नाम संसदीय सनुवाईमा पठाइयो, १ को फिर्ता

  • काठमाडौं २० फागुन।

सरकारले एकजनाको नाम फिर्ता लिएर बाँकी राजदुतको नाम सनुवाईका लागि सिफारिस गरेको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई) का लागि प्रस्तावित आशा लामाको नाम फिर्ता लिँदै बाँकी विभिन्न देशको राजदूतमा सिफारिस १२ जनाको नाम सुनुवाइका लागि संसदीय समतिमा पठाएको छ।

फागुन ९ गतेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबन्डामा १४ देशका लागि विभिन्न व्यक्तिको नाम राजदूतमा सिफारिस गरेको थियो। 

स्पेन सरकारबाट दूतावास खोल्ने स्वीकृति प्राप्त नभएकाले त्यहाँका लागि सिफारिस भरत रायमाझीको नाम स्थगनमा राखिएको छ ।

कांग्रेस कोटाबाट ६, माओवादी केन्द्र कोटाबाट ४, राप्रपा कोटाबाट ३ र फोरम लोकतान्त्रिक कोटाबाट एक राजदूत सिफारिसमा परेका थिए।

,

प्रतिकृया दिनुहोस्

Loading...