प्लेनमै सहकर्मी कुट्ने कपिललाई सलमानले दिए यस्तो सुझाव
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhdgqHq3R_Z9KbYiarhHErRcJC56MevnOZu0mrvdSKDLh55XTqsEjonNcW7YZ5zWuWx6MrNElstbeT3zFktbUcgWN_jY-eOJUXl19SSeOHpn4xyRq7nobKGPD3NhvIAC5b1PocJE5_opKk/s640/salaman.jpg)
चर्चित भारतीय अभिनेता सलमान खानले कलाकार कपिल शर्मालाई सम्हालिएर चल्न सुझाव दिएका छन् ।
सलमान खान तथा कपिल शर्मा एकअर्काका राम्रा साथी भएको कारणले पनि मित्रलाई उनले आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्न सुझाव दिएका हुन्। सलमानले हालै कपिलले द्वारा आफ्ना सहकर्मी कलाकारलाई दुर्व्बहार गरेको घटनाप्रति इंगित गर्दे सुध्रन भन्दै यस्तो भनेका हुन्।
कपिलले आफ्नो चर्चित कमेडी शो 'द कपिल शर्मा शो'मा डा. मशहुर गुलाटीको भूमिकामा देखिने गरेका कलाकार सुनिल ग्रोभरमाथी प्लेनमा रक्सीले मातिएर हातपात गरेका थिए। घटना पश्चात उनले शो छाडेका छन्।
सलमानले एक अन्तरवार्ताका दौरान कपिलसँग जोडिएको प्रश्नको उत्तर दिने क्रममा सम्हालिएर चल्नुपर्ने बताएका थिए।
'आफ्नो स्टारडममाथी नियन्त्रण राख्नु असाध्यै महत्वपूर्ण हुन्छ। म आज आफ्नो करियरको यस्तो स्थानमा छु जहाँ मानिसहरू मेरो होमा हो मिलाउँछन्। यस्तोमा मलाई पनि सहि गर्दैछु कि गलत भन्नेमा शंका रहनेगरेको छ। यसैले म मेरो परिवार र साथीहरूको कुरा सुन्ने गर्छु। उनीहरूले नै मलाई मेरो धरातल राखिदिने गर्छन्। मलाई हावामा उड्न दिदैनन्', सलमानले भने।
प्रतिकृया दिनुहोस्
Loading...