के हुन् त केटाहरुलाई सबैभन्दा मन पर्ने केटीका अङ्गहरु ?


केटाहरूलाई केटीहरूको सबैभन्दा मनपर्ने अङ्ग के हो भनेर सोध्ने हो भने प्रायको उत्तर उही हुन्छ–स्तन । उसो त केटीहरू पनि आफ्नो मातृअङ्गलाई सुन्दर ढङ्गले बाहिर देखाउन चाहन्छन् , अलि पातलो र कसिलो कपडा लगाएर होस् या थोरै कपडा लगाएर ।

र, सोही कारण स्तनको बारेमा बारम्बार बहस र चर्चा हुनेगर्छ । तपाईँसँग स्तन होस् या नहोस् , तपाईँ त्यसलाई दैनिक जीवनमा बेवास्ता गर्न सक्नुहुन्न ।

स्तनको उपयोग पुँजीवादी समाजमा कार र फोनमात्रै होइन, जुसदेखि अनेक फ्लेबरका चुइङ्गम बेच्न समेत गरिन्छ । यी सामाग्रीका विज्ञापनमा कसिला स्तन देखिएका युवती अत्यावश्यक जस्तै भएक छन् ।

शरीरको यो भागको किन त्यति महत्त्व छ त ? किन सरक्क बाहिर निस्केको गोलिगाँठोप्रति कोही रुचि राख्दैन ? किन स्तन नै ? ‘कोरा’ नामक साइटमा ‘डेलि मिरर’ पत्रिकाले गरेको चर्चाबाट स्तनबारे ३ तथ्यहरू फेला पारेका छन् । ती ३ तथ्य जस्ताको तस्तै :

१. स्तन अर्को नितम्ब हो : विकाशवादी मनोवैज्ञानिकहरूका अनुसार गोलो नितम्बको विकाश यौवन र उर्वरताको दृश्यात्मक सङ्केत उपलब्ध गराउन भएको हो । 

अस्ट्रोजेनले नितम्बमा चिल्लो पदार्थ(फ्याट)लाई तिघ्रा र नितम्बमा पठाउन उत्प्रेरणा दिन्छ । जैविक मानवशास्त्री बबी एस लो भन्छन्–स्त्री जातिहरू आफूसँग शरीरमा पुग्दो फ्याट भएको सङ्केत गर्दै साधनस्रोत सम्पन्न र शक्तिशाली पुरुषहरुको ध्यान खिच्न र अभिभावकिय प्रतिबद्धता पुरा गर्ने क्रममा नै नितम्बको विकाश भएको हो ।

यौन विशेषज्ञ अल्फ्रेड काइन्डका अनुसार नितम्बप्रतिको आकर्षणजस्तै हो स्तनप्रतिको आकर्षण पनि । स्तनप्रतिको आकर्षण त्यतिखेर सुरु भयो, जब स्त्री–पुरुष एक अर्काका अनुहार हेरेर यौन सम्पर्क गर्न थाले ।

२. स्तनपान र मिलन :
जब आमा स्तनपान गराइरहेकी हुन्छिन् , उनको ‘पोस्टेरियर पिच्युचरी’ नलीबाट ‘अक्सिटोसिन’ (आलिङ्गन) हर्मोन निक्लिरहेको हुन्छ । यस्तो अवस्थामा अत्यन्त गहिरो मायामा हुन्छन् स्तनपान गर्ने र गराउनेवाला । यस्तै खालको मिलन हुनेगर्छ जब यौनसम्पर्कको समयमा स्तन चलाईन्छ । 

अक्सीटोसिन हर्मोनले प्रेमीलाई अत्यन्त गहिरो मिलनको अनुभव हुने गर्दछ । यसरी ममताभाव राख्नुको प्रभावले विश्राम महसुस हुन्छ । कहिलेकाँही यस्तोमा वाकवाक लागेजस्तो पनि हुन्छ । 

यौनसम्पर्कपछिको आनन्दपछि पनि यस्तै महसुस हुन्छ । यस्तो बेलामा पनि वयस्कहरु स्तन देख्दा आनन्दित भइहाल्छन् ।

३. मानवजातिको स्तन फरक:
मानवजातिको स्तन अन्य स्तनधारी प्राणीको भन्दा फरक छ । मावव स्त्रीको स्तन मात्रै त्यस्तो हुन्छ जो गर्भवती हुँदा मात्र होइन, वयस्क हुँदा समेत बढ्ने गर्दछ । 

स्तनको आकार पनि प्रत्येक हप्ता फरक–फरक हुने गर्दछ । महिनावारी चक्रमा उत्पादन हुने प्रोजेस्टेरोन र एस्टारजेन नै यसका कारक हुन् । 

त्यति मात्र होइन, ५० प्रतिशत महिलाहरूले बताउने गरेका छन् कि तिनको एउटा स्तन अर्को भन्दा सानो या ठुलो छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...