अखिल (क्रान्तिकारी) नेता गणेशमान सिंह सल्यानबाट गिरफ्तार


दिया चन्द ।

काठमाडौं, १८ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य गणेशमान सिंहलार्इ प्रहरीले सल्यानबाट गिरफ्तार गरेको छ । 

यस्तै क्रान्तिकारीकै  जिल्ला सदस्य प्रेम बुढालाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ।  काँग्रेस, एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनहरुले मनोमानी ढंगबाट स्वबियु घोषणा गरेको भन्दै बिरोधमा उत्रिएका उनीहरुलाई सल्यान बहुमुखी क्याम्पसबाट पक्राउ गरीएको बताएको छ ।

अन्य विद्यार्थी संगठनहरुको मनोमानीबिरुद्ध भन्दै यसअघि अखिल क्रान्तिकारीले सल्यानका सबै क्याम्पसमा तालाबन्दि गरेको थियो । यसैबीच अखिल क्रान्तिकारीका जिल्ला संयोजकले एक प्रेश बिज्ञप्ती जारी गर्दै पक्राउ परेका नेता सिंह र बुढाको यथासिघ्र रिहाइको माग गरेका छन । 

हेर्नुहोस् यस्तो छ विज्ञप्ति

, ,

प्रतिकृया दिनुहोस्

Loading...