सुर्खेतमा ब्रेक फेल भइ ट्रक दुर्घटना, तीन घण्टापछि चालक र महिलाको उद्दार

  • सुर्खेत१८ फागुन ।
वीरेन्द्रनगरमा बुधवार बिहान सिमेन्ट, सिरया, ग्यासको सिलिण्डर र खाध सामाग्रीहरु बोकेर सुर्खेत देखि लेखफर्सा जान लागेको भे.१ ख २२४६ नम्बरको बौद्ध यातायातको ट्रक करिब धुलियाबिट-भेडाबारी सडकको करैखोला नजिक दुर्घटना ग्रस्त भएको छ ।

प्रत्यक्षदर्शीका अनुशार उक्त ट्रकको ब्रेक र स्टेरिंग दुबै फेल भएपछि अनियन्त्रित भएर दुर्घटना भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीले दुईवटा जेसीबी र स्थानीय युवाहरूको ३ घण्टाको लामो प्रयास पश्चात चालक र १ महिला लाई घाइते अवस्थामा उद्दार गरिएको छ । 
यसअघि उद्दार गरिएका सह-चालक र १ बच्चाको स्थानीय नर्सिङ्ग होममा उपचार भइरहेको स्थानीय बिनोद ढकालले जानकारी दिए ।

बौद्ध यातायात व्यसायी संघका प्रबन्धक बालकृष्ण श्रेष्ठका अनुसार चालक र सवारी महिलाको उपचारका लागी कोहपुर मेडिकल क्लेज बाँके पठाइएको छ । दुर्घटनामा अन्य ५ जनाको स्थानीय माया नसिङ्ग होममा उचार गराईरहेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...