अभिनेत्री श्वेता खड्काले एकीकृत बस्ती निर्माण गर्ने

- काठमाडौं, २ चैत ।
अभिनेत्री श्वेता खड्काले एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छिन् ।
स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण गर्ने घोषणा गरिन् ।
सात सदस्यीय कार्य समिति रहेको श्वेताश्री फउन्डेसनको गत शुक्रबार औपचारिक घोषणा गरेकी हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।
कार्यक्रममा श्वेताले श्रीकृष्ण श्रेष्ठको फ्यानको आग्रहका कारण नै आफू समाजसेवामा लागेको बताइन् ।
प्रतिकृया दिनुहोस्
Loading...