१४ वर्ष भन्दा कम उमेरमा इन्टरनेट चलाउँदा बढी जोखिम

यदि तपाइका छोराछोरीले सानै उमेरमा इन्टरनेट चलाउछन् भने उनीहरुलाई इन्टरनेटमा राखिएको हुन सक्ने अश्लिल फोटो र भिडियोको बारेमा पहिलानै जानकारी गराउनु पर्छ ।
ब्रिटेनमा प्राध्यापकको एक संस्थाले केही समय अघि नै कुनै बच्चालाई इन्टरनेटको सुविधा दिइन्छ भने उनीहरुलाई त्यहाँ हुन सक्ने अश्लिल सामाग्रीका वारेमा पहिलानै जानकारी दिनु पर्ने बताएका छन् ।
नेशनल एसोसिएबन अफ हेड टीचर्स (एनएएचटी)ले इन्टरनेटमा राखिने अश्लील सामाग्री प्रति चिन्ता व्यक्त गरेको छ ।
संस्थाको महासचिव रसेल हाँबीले त्यतिबेलै जव बच्चाहरु इन्टरनेट चलाउन सुरु गर्छन तव उनीहरुलाई यी सामाग्रीका बारेमा जानकारी गराउनु पर्ने बताएका थिए ।
एक विद्यालयका शिक्षक स्टीफेन वाट्किंसका अनुसानर ३ वर्षकै बच्चाहरुले कम्प्युटर र इन्टरनेट चलाउने गरेकाले यदी उनिहरुले यस्ता सामाग्री देखे नकारात्मक प्रभाव पर्न सक्ने बताउँछन् ।
आजभोली आमाबुवाले आफ्ना छोराछोरीको सानै उमेरमा फेसवुक अकाउण्ट खोलीदिने गरेको पाइन्छ, तर एनएएचटीले १४ वर्ष भन्दा कम उमेरका बाबालिकाले फेसवुक जस्ता सामाजिक सञ्जाल चलाउन नहुने बताएको छ ।
उनीहरुले १४ वर्ष भन्दा कम उमेरका बालबालीकाले समाजिक सञ्जाल चलाउनु भनेको उनीहरु समाजिक सञ्जालको नियम विपरित जानु हो र उनीहरु चाडै अश्लिल सामाग्रीको नजिक पुग्नु भएको बताएको छ ।
एनएएचटीले साना बालबालीकाका आमाबुबालाई छोराछोरीलाई सानै उमेरका फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउने अनुमती नदिन आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...