माओवादी नेता अनन्त डिस्चार्ज, बिहीबार नेपाल फर्किदै

- काठमाडौं,२२ फागुन।
नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको थाइल्याण्डको बैंककमा रहेको समितिभेज अस्पतालमा उपचार भइरहेको थियो ।
पुनकी श्रीमती तथा सभामुख ओनसरी घर्तीले पुनको स्वाथ्यमा सुधार भएकाले अस्पतालले डिस्चार्ज गरिदिएको र बिहीबार नेपाल फर्कने ट्वीटमार्फत जानकारी दिएकी छिन ।
मा.के.सचिव, मेरा श्रीमान बर्षमान पुन `अनन्त´ काे स्वास्थ्यलाभ भएपछि अाजै समितिभेज अस्पतालवाट डिस्चार्ज हुनुभयाे,२६ गते नेपाल फर्कदैछाैं।— Onasari Gharti (@SpeakerofNepal) March 5, 2017
भाइरल ज्वरो निको नभएका कारण ग्राण्डी अस्पतालले पुनलाई थाइल्याण्डमै लैजान सुझाव दिएको थियो । यसअघि पोहोर माघमा जण्डिसबाट प्रभावित पुनको थाइल्याण्डमा नै उपचार गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...