उसिनेको अण्डाभित्र हिरा भेटिएपछि

एक महिलाले उसिनेको अण्डाभित्र हिरा भेटिएको दाबी गरेकी छिन् ।

हफिङ्टन पोष्टका अनुसार बेलायतस्थित कुम्ब्राकी सेली थम्पसन ब्रेकफास्ट खाँदै गर्दा उनले निकै अचम्मको वस्तु आफ्नो मुखभित्र पाएको बताइन् । जसलाई उनले हिरा भएको दाबी गरेकी छिन् ।

‘जब मैले मुखभित्र क्रिस्टलजस्तो वस्तु भएको थाहा पाएँ तब त्यसलाई मैले मुखबाट निकालें, सफा गरे र एकपटक टोकें,’ ३९ वर्षीयाले साउथ वेस्ट न्यूज सर्भिसलाई भनिन् । ‘टोक्दा त्यो प्लेटमा खस्यो । उक्त वस्तु कहाँबाट आयो मलाई थाहा भएन ।’

‘अण्डा खाइरहेका बेला नै उक्त वस्तु मुखमा आएको हुनाले यो अण्डाबाटै आएको कुरामा कुनै दुईमत छैन,’ उनले भनिन् ।

अण्डामा भेटिएको उक्त वस्तुले आफ्नो भाग्य चम्काउने उनी आशा व्यक्त गरेकी छिन् । उनी चाँडै नै विवाह बन्धनमा बाँधिदैछिन् र यसै हप्ताको अन्त्यमा ब्याचलोरेट पार्टीको आयोजना गर्दैछिन् ।

‘ म अन्धविश्वासी हुँ । त्यसकारण मैले यसलाई जुन समयमा भेटेको छु, त्यसले केही महत्व राख्छ भन्ने अनुमान गरेकी छु । मलाई थाहा छैन, यसको संकेत के हो । तर यो यथार्थ हो ।’

उक्त अण्डा बेलायतको सुपरमार्केटमा किनिएको हो । कसैले हराएको हिरो अण्डामार्फत भेटिएकोमा उनी हिरा हराउने व्यक्तिप्रति सहानुभूती व्यक्त गर्छिन् । यद्यपी, एक सुनारले उक्त वस्तु वास्तविक हिरा नभई क्यूबिक जिर्कोनिया भएको बताएका छन् ।

रातोपाटि र हफिङ्टनपोष्ट डटकमको सहयाेगमा 

,

प्रतिकृया दिनुहोस्

Loading...