चलचित्र ‘तुयुमती’ जापानमा


चलचित्र ‘तुयुमती’ जापान टोकियोमा सोमबार प्रदर्शन भएको छ ।

जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र ‘तुयुमती’ ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न पुगेका जापानवासीलाई चलचित्रको कथाले मन छुने गरी कहिले हँसाएको र कहिले भावुक बनाएको प्रदर्शनी संयोजक सविता श्रेष्ठले बताए ।

साथीहरुको लहलहैमा आफ्नो लोग्नेलाई पैसा कमाउनका लागि विदेश पठाउँदा विदेशबाट भौतिक सामग्री त नेपाल भित्रिएको तर बदलामा आफ्नो लोग्ने गुमाउनुपरेको कथावस्तु भएको ‘तुयुमती’ हेर्नका लागि टोकियोवासी नेपालीको सहभागिता थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...