कुकुर बिरालोको मासुमा प्रतिबन्ध लगाउने सम्बन्धी विधेयक पारित
- एजेन्सी, ३० चैत ।
ताइवानमा मासुका लागि बिरालो र कुकुरको बधमा प्रतिबन्ध लगाउने सम्बन्धी विधेयक त्यहाको संसदले पारित गरेको छ ।
मानवीय प्रयोगका लागि बिरालो तथा कुकुरको बध गर्ने सम्बन्धी विधेयक ताइवानको संसदले पारित गरेको बिबिसीले जनाएको छ ।
ताइवानमा बिरालो तथा कुकुरको मासु खाने गरिएको छ । जनावरको सुरक्षाका लागि आवाज उठाउँदै आएकाले मासुका लागि बिरालो तथा कुकुरको बध गर्ने क्रमको बिरोध गर्दै आएका थिए ।
नियमको उल्लंघन गर्नेलाई जरिवाना वा दुई वर्षसम्मको जेल सजाय र नामसहितको तस्बिर सार्वजनिक स्थानमा टाँसिने छ ।
प्रतिकृया दिनुहोस्
Loading...