विस्फोटपछि जर्मन क्लब बोरुसिया डर्टमुण्ड थप एकीकृत भएर प्रस्तुत हुने

  • काठमाडौं, ३० चैत ।

खेलाडी चढेको बसमा विस्फोट भएपछि रोकिएको च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्ड थप एकीकृत भएर प्रस्तुत हुने भएको छ ।

घरेलु मैदानमा क्वाटरफाइनलको पहिलो लेगमा मोनाकोसँग खेल्न जाने क्रममा मंगलबार राति बोरुसिया डर्टमुण्डका खेलाडी चढेको बसलाई लक्षित गरी तीनवटा विस्फोट भएका थिए । त्यसले क्लबको गाडीमा क्षति पुगेको छ । यस्तै क्लबका डिफेन्डर मार्क बाट्र्रको नाडीमा चोट लागेको छ ।

विस्फोटपछि मंगलबार रातिका लागि तय भएको खेल बुधबार रातिका लागि सारिएको छ । मोनाको र बोरुसियाबिचको खेल नेपाली समय अनुसार बुधबार राति साढे १० बजे हुनेछ । घटनाको विषयमा छलफल भइरहेको बोरुसियाका स्थानीय अधिकारीले बताएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...