चुनाव वहिस्कार गरेको मोर्चालाई प्रचण्डले सुटुक्क टेलिफोन गरेर यसो भने !

  • इमान्दार मिडिया संवाददाता।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रिसाएको मधेसी मोर्चालाई फकाउने प्रयास गरेका छन् ।

मोर्चाले संविधान संशोधन पनि नस्वीकार्ने र निर्वाचनमा पनि भाग नलिने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले मधेसी नेताहरुलाई टेलिफोन गरेर वार्तामा आउन आग्रह गरेका हुन् ।

मोर्चाले आफ्नो मागअनुसार संविधान संसोधन नभएको झोकमा प्रचण्ड सरकारले घोषणा गरेको स्थानीय चुनावमा भाग नलिने निर्णय गरेको छ । उसले बुधबार मात्रै स्थानीय चुनाव वहिस्कार गर्ने निर्णय गरिसकेको छ । 

उनले आन्दोलन छाडेर सहमतिमा आउन र तीनै तहको निर्वाचनलाई सफल बनाउन मधेसी मोर्चामा आवद्ध दलहरुलाई आह्वान गरेको स्रोतको भनाइ छ । 

विशेषतया प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका मुख्य नेताहरुलाई हिजो र आज टेलिफोन गरेर वार्तामा आउन आग्रह गरेका हुन् ।

मोर्चाका नेताहरुले भने पूर्ववत अडान दोहोर्याएका छन् । प्रचण्डले मोर्चाका नेताहरु समेत सहभागी अनौपचारिक कार्यदलले दिएको सुझाव अनुसार नै संशोधन प्रस्ताव ल्याइएको भन्दै मोर्चालाई सहमतिमा ल्याउन फकाइरहेका छन्

, ,

प्रतिकृया दिनुहोस्

Loading...