स्थानीय चुनाव बहिस्कार गर्ने मुसहर बस्तीको घोषणा

- सुनसरी, ३१ चैत्र ।
यहाँको मुसहर बस्तीले स्थानीय चुनाव बहिस्कार गर्ने घोषणा गरेको छन् । सुनसरीको पुलाह भरौलका २८ घर परिवार मुसहरहरुले संयुक्त रुपमा चुनाव बहिस्कार गर्ने घोषणा गरेका हुन् ।
‘चुनाव बहिस्कार’ अभियानको क्रममा नेपाल कम्युनिस्ट पार्टी सुनसरीका इन्चार्ज कृष्णकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीसँग मुसहरहरुले स्थानीय चुनावमा भोट नहाल्ने घोषणा गरेका हुन् ।
यसअघि अाफूहरुले एमालेलाई भोट दिएको तर अाफूहरुको माग पूरा नगरेको भन्दै मुसहर बस्तीले यसपटकको चुनावमा भोट नहाल्ने एक मतले घोषणा समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...