प्रधानमन्त्री प्रचण्डका ज्वाई कांग्रेसबाट उम्मेदवार भएपछि…



चितवन ।

फरक दल र राजनीतिमा निस्कृय भएकाहरुको समेत मत पाउन सक्ने लोकप्रिय उम्मेदवारको छनोटमा दलहरु यतिबेला लागिपरेका छन् । 

यसै क्रममा भरतपुर महानगरपालिकाको महत्वपूर्ण वडाको रुपमा रहेको जिल्लाका सम्पूर्ण सरकारी कार्यालय भएको वडा नम्वर १० मा नेपाली काँग्रेसले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का आफ्नै ज्वाई भक्तिराम अधिकारीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

दाहालकी साईली बहिनी सिता दाहालसँग भक्तिरामको विवाह भएको हो । अधिकारीले बाल्यकाल देखिनै नेपाल विद्यार्थी संघको राजनीति गर्दै आएका थिए । वि सं २०५२ सालसम्म जागिर खाँदा कर्मचारी संघको राजनीति गरेका अधिकारी राजनीतिसंगै विभिन्न सामाजिक संघ संस्थामा कृयाशिल रहँदै आएका छन् । उनले सरकारी नियुक्ती गुठी संस्थानको केन्द्रिय सदस्य भएर काम गरिसकेको छ ।

जिल्ला सहकारी संघको संञ्चालक, अर्थ सहकारीको पूर्व अध्यक्ष भरतपुर माविको सल्लाहकार, नेपाल बाल संगठनको सदस्य लगाएत दर्जनौ सामाजिक संघ संस्थामा उनको आवद्धता रहेको छ । अधिकारी पूर्व मन्त्री डा गंगाधर लम्सालका भान्जा हुन् ।
प्रधानमन्त्री प्रचण्डका ६ बहिनीमध्ये फरक राजनीतिक परिवारमा विवाह गरेको सितामात्रै रहेकी छिन् ।

२०७४ बैशाख ८ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...