कांग्रेसका अखडा भत्काउन भन्दै एमाले र माओवादी केन्द्रबीच एकता ( हेर्नुहोस् विज्ञप्तिसहित)

  • इमान्दार मिडिया संवाददाता ।
वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको नजिकिदै गर्दा गुल्मीमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल गरेर निर्वाचनमा भाग लिने सहमति भएको छ । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा बिभिन्न पदहरु बाडेर चुनावी मैदानमा उत्रिने सहमति गरेका हुन् ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार माओवादी केन्द्रलाई ३ गाउँपालिका प्रमुख, ६ वटा गाउँपालिका उपप्रमुख र २४ वटा वडा अध्यक्षसहित सहमति भएको एमाले गुल्मीेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले बताए । कुल ९३ वडामध्ये बाँकी वडामा एमालेले अध्यक्ष पाउने सहमति भएको छ । सहमति अनुसार एमालेको अध्यक्ष भएको वडामा माओवादी केन्द्रबाट बहुमत सदस्य पाउने बताइएको छ ।

दुई पार्टीको तालमेल अनुसार २ वटा नगरपालिका र ७ गाउँपालिकामा एमालेको तर्फबाट प्रमुख पाउने सहमति भएको छ । सहमति अनुसार माओवादी केन्द्रलाई धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र चन्द्रकोट गाउँपालिका पाउने सहमति भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज बिरबहादुर कार्कीले बताए ।

गुल्मीमा रहेका २ नगरपालिका मध्ये रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसको बाहुल्यता रहेको छ भने मुसिकोट नगरपालिकाम नेकपा एमालेको बाहुल्यता रहेको छ । एकल चुनाव लडे गुल्मीमा नेपाली काँग्रेस र एमाले मुख्य प्रतिपस्र्धीका रुपमा आउँछन् भने तालमेल गरेर अगाडी वढे माओवादी केन्द्र निर्णयक अबस्थामा रहेको दलका नेताहरुको आँकलन रहेको छ ।

कुनै ठाउँ एमाले बलियो र कुनै ठाउँ काँग्रेस बलियो रहेकोले त्यस परिणामलाई आफनो कोल्टामा ल्याउनको निम्ती पनि चुनावी तालमेल भएको एमालेका नेताहरुको दावी रहेको छ । जिल्लामा माओवादी केन्द्र खासै बलियो अबस्थामा नरहेकोले पनि जित्नको लागि कुनै पार्टीसंग तालमेल गर्नुपर्ने अबस्थामा रहेकोले पनि माओवादी केन्द्र कुनै पार्टी संग तालमेल गरेर अगाडी बढनुको बिकल्प नरहेको दलका नेताहरुको भनाई छ ।

नेकपा एमालेलाई जसरी हुन्छ काँग्रेसलाई जिल्लाबाट हराउने दाहुमा रहेको र माओवादी केन्द्र जसरी हुन्छ जित्नुपर्ने दाहुले गर्दा पनि जिल्लामा चुनावी तालमेल देखिएको हो । नेकपा एमाले माओवादी केन्द्रसंग चुनावी तालमेल गरेर काँग्रेसका बलिया अखडा भत्काउने एमालेका नेताहरुको बुझाई छ ।

जिल्लामा माओवादी केन्द्र एमालेसंग नमिले काँग्रेस संग मिलेर भएपनि चुनावी तालमेल गरेर अगाडी वढने पार्टीले सोच बनाए पनि काँग्रेस संग नमिलेको माओवादीका एक नेताले बताए । तिन क्षेत्र मध्ये गत २०७० सालको संविधानसभा निर्वाचनमा एमालेले एक सिट र कांग्रेसले दुई सिट जितेको थियो ।

हेर्नुहोस् विज्ञप्ति


, ,

प्रतिकृया दिनुहोस्

Loading...