मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु, १५ को अवस्था गम्भिर

  • सुन्दर कुमार थकाली, मुस्ताङ।

हिमालपारी मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्किदै गरेको ना ५ ख ६०६७ नम्बरको यात्रुवाहक बस शनिवार दिउँसो दुर्घटनाग्रष्त हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

१ जनाको जिल्ला स्वास्थ कार्यालय जोमसोममा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा १५ जना गम्भिर घाईते भए भने बाँकी तीर्थयात्रीको अवस्था सामान्य रहेको छ ।

शनिबार दिउसाे बाह्गाउँ मुक्तिक्षेत्र ४ कागबेनीको दोश्रो मोडमा दुर्घटना हुदाँ सुबिधा नगर काठमाडाैंका अन्दाजी ५८ वर्षिय भोला अधिकारी, कोटेश्वर ३२ काठमाडाैंका पुरुषोत्तम ढकाल, महालक्ष्मी न.पा.२ ललितपुरकी ५५ वर्षिय लिला खड्का,कोटेश्वर न.पा.३ आवाकोट काठमाडाैंकी कान्छी खड्का र चाँगुनारायण ८ काठमाडाैंकी सिता तिमिल्सिनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका तीर्थयात्रीहरुको शनिवार सनाखत गरिएको बताएको छ ।

त्यस्तै,बागेश्वरी सोडाल भक्तपुरकी वर्ष ७१ की सिता पौडेल,बागेश्वरी महादेब २ भक्तपुर वर्ष ५२ की जानकी थापा,सोही ठाउँका वर्ष ५२ चन्द्र तिमिल्सिना,बागेश्वरी काभ्रेकी वर्ष ६१ शारदा दुलाल,सडाल काठमान्डौ वर्ष ६५ श्याम प्रसाद सापकोटा,कुलेश्वर साँघु वर्ष ३८ की मिरा थापा,पाँचखाल ३ काभ्रेका वर्ष २९ सागर अधिकारी,कोटेश्वर ३५ की सिम्रोन सुबेदी,काटेश्वर ३५ की वर्ष ४५ निर्मला सुबेदी,बालकुमारी खरिकोटकी वर्ष ४६ सुलोचना पराजुली,कोटेश्वर ३५ की वर्ष ३५ मेनुका सुबेदी,आलोफाँट ३ की वर्ष ४२ बिमला बस्नेत,टुकुचा काभ्रेकी वर्ष ७८ तुयानाथ दुलाल र घट्टेकुलो काठमान्डौ वर्ष ७२ की छाँयादेवी रिमाल गभ्भिर घाईते भएका छन् ।

उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत पोखराको मनिपाल शिक्षण अस्पताल पोखरा लगिएको मुस्ताङका प्रहरी प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।उनका अनुसार दुर्घटनामा बसका चालक बिकास के.सी र मालिक ईग्दुर्व तामाङ सहित अन्य १५ तीर्थयात्रीहरुको जिल्ला स्वास्थ कार्यालय जोमसोममा उपचार भैईरहेको जानकारी दिए ।

काठमाडाैंका बिभिन्न स्थानबाट आफ्ना आफन्तीहरु कायोसरी काठमान्डौं भेला भई धार्मिक पुण्यका लागि ग्रुप लिडर निर्मल थापा सहित ३४ जना तीर्थयात्रीहरुको टोली मुस्ताङ आएको हो । उनीहरुले काठमान्डौबाट आफ्नै बस लिई आएको र रोड परमिटका कारण बस म्याग्दीमै थन्याएर म्याग्दी जीप तथा बस संञ्चालक समितिले संञ्चालन गरेको बेनी जोमसोमको बसको यात्रा गर्दे मुस्ताङ आएको थापाले बताए ।उनका अनुसार जोमसोमबाट सोही बस चढी मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा कागबेनी दाश्रो मोडमा पर्ने भिरालो सतहको करिव २० मिटर तल शडकमा पल्टिएको थियो ।उनले घटना सम्झदै भने गाडीको गती तीब्र भएको र चालकले अत्तालिदै ब्रेकफेल भएको संङ्केत गर्दागर्दे एक्कासी बस शडकमा बजारिएर पल्टिएको सुनाए ।

मुस्ताङ जीप तथा बस व्यवसायी समितिको नियमित बैठकका लागि कागबेनी पुगेका स्थानीय यातायात व्यवसायीहरुको टोलीले घटना स्थल पुगेर प्रहरीलाई खबर गरेका थिए । युवासंघ नेपाल मुस्ताङका अध्यक्ष एवंम् स्थानीय बस व्यवसायी रमेश गरुङले दुर्घटना पहिलो खवर पाउँल साथ समितिले उद्धारका लागि सक्रिएता देखाएको बताए ।उनले मुस्ताङ जीप तथा बस व्यवसायी समितिले बिपतका बेला मानवीय भावना जनाउँदै निःशुल्क समितिका गाडीहरु उद्धारका लागि परिचालन गरेको बताए ।

बेनी जोमसोम शडकका लागि २६ सिट मात्र पास भएका सवारीले अनुमति प्राप्त गर्ने भएपनि उक्त बसले क्षमता भन्दा बढी ३६ तीर्थयात्री लिएर मुक्तिनाथ पगेको हो ।मुस्ताङ समितिले जोमसोममा ट्राफिक निगरानी नगर्नु पनि दुर्घटनाको कारण भएको बताएको छ ।बसमा चालक र बसका मालिक सहित ३६ यात्रुले यात्रा गरेका थिए ।

पोखराबाट पत्रकार फडिअकिञ्चलका अनुसार पोखराको मनिपाल शिक्षण अस्पतालमा चिकित्सकहरुको आन्दोलनका कारण दुर्घटनाका घाईतेहरुलाई पश्चिमाञ्चल क्षेत्रिय गण्डकी अस्पतालमा उपचार भैईरहेको बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...