ढुंगासहित आएको बाढीले अरुण नदी थुनियो, बरुण बजार उच्च जोखिममा, स्थानीय त्रसित

  • विराटनगर, ८ वैशाख ।

ढुंगामुढा सहित आएको बाढीले बाढीसंखुवासभाको भोटखोला गाउँपालिकास्थित स्याक्सीलामा अरुण नदी थुनिएको छ ।

नदी थुनिएपछि करिव २ किलोमिटरको ताल बनेको छ । बरुण बजारको ४ वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

बिहीबारदेखि अरुण नदीको बहाव रोकिएपछि स्थानीय त्रसित बनेका छन्  । सो स्थानमा शुक्रबार बिहान प्रहरी उद्धारका लागि पुगेको छ । जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा प्रशानसले आग्रह गरेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...