बेमौसमी वर्षाले मध्यपहाडी राजमार्गसहित ग्रामीण सडक हिलाम्य

  • भोजपुर, ८ वैशाख । 

बेमौसमी वर्षाले जिल्लाको मध्यपहाडी राजमार्ग लगायत ग्रामीण सडकहरू हिलाम्य भएका छन् । 

हालको बेमौसमी ठूलो वर्षात्का कारण जिल्लासँग तराई र गाउँसम्म जोडिएका सडक प्रभावित भएका हुन् । 

गएरातिको वर्षात्का कारण भोजपुर–चखेवा हुँदै खोटाङ जाने यातायातका साधन चल्न सकेका छैनन् भने भोजपुर–लेगुवा सडकखण्डमा समेत यातायात सञ्चालन गर्न गाह्रो भएको संयुक्त बस व्यवसायी सङ्घ, भोजपुरले जनाएको छ । 

भोजपुर–घोडेटार र भोजपुर–दिङ्ला सडकखण्डसमेत वर्षात्ले प्रभावित बन्दै आएको छ । कच्ची सडक वर्षाले हिलाम्य भएपछि यातायात सञ्चालन गर्न गाह्रो भएको बस चालकले बताएका छन् । 

जिल्लाको एकमात्र हवाईमार्गको समेत स्तरोन्नति भइरहेकाले बेमौसमी वर्षात्ले सडक अवरुद्ध भएपछि जिल्लाका सर्वसाधारण मारमा परेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...